कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडाैं | कात्तिक ८, २०८०
नेपालमा भएका अधिकांश अपराधिक घटनाका दोषी पत्ता लागेका छन् । स्रोत र साधनको कमी हुँदाहुँदै पनि नेपाल प्रहरीलाई राम्रो अनुसन्धान गर्ने प्रहरीका रूपमा लिइन्छ । कतिपय अवस्थामा राम्रो अनुसन्धान गरेर प्रहरीले चर्चा कमाइरहेको हुन्छ । पछिल्लो समयमा ललिता निवास, नक्कली भुटानी शरणार्थी, ६०.७१६ किलोग्राम सुनको सफल अनुसन्धान गरेर प्रहरीले आफ्नो थप पहिचान बढाएको छ । तर, कतिपय यस्ता अपराध छन्, जसको पूर्ण रहस्य अहिलेसम्म पनि पत्ता लगाउन सकेको छैन ।
हेरौं चार अपराधका घटना जुन अहिलेसम्म सुल्झिएका छैनन्:
निर्मला हत्या प्रकरण
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषी पाँच वर्षसम्म पनि पत्ता लागेको छैन ।
निर्मला हत्या प्रकरण पछिल्लो समयको सबैभन्दा चर्चित हत्या काण्ड हो । यसमा कतिपय प्रहरीको भविष्य नै दाउमा परेको छ । ५ वर्ष बित्न लाग्दा पनि प्रहरी अनुसन्धान शून्यको स्थितिमा छ । अनुसन्धानले नयाँ पर्दा उघारेर दोषी पत्ता लगाउन सकेको छैन ।
यसबीचमा ५ जना प्रहरी महानिरीक्षक (आईजीपी)हरू फेरिए । सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली, शैलेस थापा क्षेत्री, धीरजप्रताप सिंह र वसन्तबहादुर कुँवर (बहालवाला)आईजीपी भएका छन् तर, निर्मला पन्तको हत्यारालाई प्रहरीले कानूनी कठघरामा ल्याउन सकेको छैन ।
झण्डै ५ वर्षअघि २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । शुरूमा गिजोलिएको अनुसन्धान जुन स्थितिमा अड्कियो, अहिले पनि त्यही स्थितिमा छ ।
शुरूको अवस्थामा दोषी देखाइएका दिलिपसिंह विष्टमाथि नै अड्किएर प्रहरी बसेको छ । तर, उनलाई अभियुक्त बनाउन पर्याप्त प्रमाण बाँकी छैन । न दोषी पत्ता लाग्छ, न यो प्रकरण सेलाउन सकेको छ ।
निर्मलाको शव भेटिएको ठाउँमा पानीले उनको सल र कपडा पखालिएको थियो, त्यतिबेलै हत्याका बचेखुचेका प्रमाण पनि पखालिए । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू निर्मला हत्या प्रकरणमा दिलिप नै संलग्न रहेको दाबी गछन्, तर ठोस प्रमाणले पुष्टि गर्न सकिरहेका छैनन् ।
यसबीचमा दिलिपलाई एकपटक पक्राउ गरेर छाडिएको थियो ।
निर्मला हत्याको गुत्थी सुल्झाउनका लागि विभिन्न समिति बने, तर जति समिति बने पनि हत्या प्रकरणलाई सुल्झाउन भने सकेनन् ।
तत्कालीन एआईजी धिरु बस्न्यातको संयोजकत्वमा बनेको समितिले २०७५ पुस ३ गते प्रतिवेदन बुझाउँदै प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी)सहित प्रहरी कर्मचारीहरूले कमजोरी गरेको भन्दै कारवाही गर्न सुझाव दियो ।
अनुसन्धानका लागि भन्दै तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) तथा भूतपूर्व आईजीपी ठाकुर ज्ञवालीको नेतृत्वमा एउटा टोली समेत पठाइएको थियो, तर त्यसबाट केही हात लागेन । तत्कालीन आईजीपी सर्वेन्द्र खनालले पटक–पटक निर्मला हत्या प्रकरण सुल्झाउने बताउँदै आए, तर त्यत्तिकै घर फर्किए ।
त्यसपछि घटनाको अनुसन्धान गरेका ठाकुर ज्ञवालीले आईजीपीको फुली लगाउँदालगाउँदै निर्मला हत्याको दोषीलाई कानूनी कठघरामा उभ्याउने भनेर पत्रकारहरूमाझ बोले । तर, उनको कार्यकाल पनि निर्मला प्रकरणको फाइल नखोली सकियो । त्यसपछिका आईजीपी शैलेश थापा क्षेत्री र धीरजप्रताप सिंहले यस विषयमा चुइँक्कसम्म बोलेनन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की १६ वर्षीया किशोरी भागरथी भट्टको हत्याका आरोपी १६ वर्षीय किशोर दिनेश भट्टलाई प्रमाणसहित अदालतमा उभ्याएको प्रदेश प्रहरीले निर्मला प्रकरणमा नयाँ सिराबाट अनुसन्धान गर्ने बताएको थियो ।तत्कालीन प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीपछि एआईजी भएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को बागडोर सम्हाल्ने ठाउँमा समेत पुगे, तर केही गर्न सकेनन् ।
‘हामीले निर्मलाको हत्यारा पत्ता लगाउनका लागि बिल्कुलै नयाँ तरिका, नयाँ प्रहरी अधिकृतबाट अनुसन्धान गरेका छौं । अनुसन्धानले प्रमाण जुटाउने कुरामा पनि नयाँ ढंगले काम गरेको छ,’ तत्कालीन समयमा सुवेदीले लोकान्तरसँग बनेका थिए ।
अहिले प्रहरीको नेतृत्वमा आईजीपी वसन्तबहादुर कुँवर छन् । भर्खरै नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र ६०.७ केजी सुन प्रकरणमा संलग्नलाई पुर्पक्षलाई कारागारसम्म पुर्याएका छन् । आईजपीको सचिवालयलाई मान्ने हो भने अहिले निर्मला पन्तको हत्याका विषयमा कुरा उठिरहेको छ । २/३ वटा बैठक त्यसै विषयमा बसेको छ । तर, खास प्रगति केही भएको देखिएको छैन ।
तत्कालीन आईजीपी सर्वेन्द्र खनालले हतारमा नतिजा खोज्दा प्रहरीबाट केही गल्ती भएको स्वीकार गरिसकेका थिए । पूर्व आईजीपी खनालले संसद्को एउटा समितिमा बोल्दै प्रहरीबाट गल्ती भएको स्वीकारेका थिए ।
पूर्वराजदूत केशव झा हत्या प्रकरण
पूर्वराजदूत केशव झाको हत्या भएको पनि ५ वर्षभन्दा धेरै भइसकेको छ । प्रहरीले २०७६ मा सानुकान्छा तामाङलाई पक्राउ गरेको थियो । केशव झाकी पत्नीको जाहेरीमा तामाङलाई उनकै घरबाट पक्राउ गरिएको थियो । प्रहरी तामाङतर्फ प्रमाणहरू आर्कषित भएको भन्दै पक्राउ गरेका थिए । विना आधार देखाउनकै लागि तत्कालीन काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले पक्राउ गरेका थिए ।
हाई प्रोफाइल हत्याकाण्ड’को रहस्य सुल्झिन नसकेको समयमा प्रहरीले तामाङलाई पक्राउ गरेको थियो ।२०७५ भदौ ४ गते आफ्नै घरमा बसिरहेको अवस्थामा पूर्व राजदूत झाको हत्या भएको थियो । ८० वर्षिय झाको बन्द कोठामा पुगी छुरी प्रहार गरी हत्या भएको थियो । प्रहरीले घटनालगत्तै अनुसन्धानका लागि सुरक्षा गार्ड ४८ वर्षीय सानुकान्छा तामाङ, माली ५३ वर्षीय आइतेसिंह तामाङ र ५६ वर्षीय जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो ।
हत्याकाण्डको अनुसन्धानमा प्रहरीको तालिमप्राप्त कुकुरसमेत गरेको थियो तर, तत्कालीन अवस्थामा कुकुरले कुनै पनि तथ्य पत्ता लगाउन सकेका थिएनन् । कुकुरले घरभित्रै हत्या भएकोतर्फ संकेत गरेपछि माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई प्रहरीले पोलियोग्राफदेखि नार्को (औषधिले लठ्ठ पारेर प्रश्न सोध्ने विधि) बाट अनुसन्धान गरेको थियो तर उनीहरूले ‘क्लिन चिट’ पाएका थिए ।
सेक्युरिटी गार्ड सानुकान्छा तामाङलाई ललितपुरको पाटन अस्पतालमा लगेर नार्को विधिबाट सोधपुछ गरिएको थियो । २०७५ भदौ ४ गते केशव झाको हत्या भएपछि प्रहरीले सेक्युरिटी गार्ड सानुकान्छा तामाङ, माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङमाथि आशंका गर्दै पोलियोग्राफ र नार्कोसमेत गरेको तर, उनीहरूले ती परीक्षणमा कुनै संकेत पाइएको थिएन ।
परराष्ट्र सेवामा ३४ वर्ष व्यतित गरेका झा फ्रान्सका लागि २४ मार्च १९९३ देखि ३१ डिसेम्बर १९९७ सम्म नेपाली राजदूत थिए । उमेरले ८० पुगिसकेको भएपनि पछिल्लो समय पनि उनी सामाजिक कार्यमा सक्रिय थिए ।
पूर्वसचिव पत्नी मुना कार्की हत्या
पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीया मुना कार्कीको हत्या प्रकरणमा प्रहरीले अनुसन्धा सकाएर फाइल क्लोज गरेको छ तर, प्रश्न भने अहिले पनि उहीँ उभिएको छ । कसले हत्या गर्यो वा गराउन बाध्य बनायो । प्रहरीले घटनासँग जोडिएका सबै मानिसहरू र तत्वहरूको सुक्ष्म तरिकाले अनुसन्धान गरेर सकाएपछि अनुसन्धानको पाटो सकाएको प्रहरीले बताएको थियो ।
प्रहरीको अनुसन्धानले मुनाको हत्यामा तेस्रो पक्ष संलग्न भएको नदेखिएको निष्कर्ष निकालेर अन्त्य गरेको थियो। घटनाको दिन विजय चौधरीको क्रियाकलाप र उनले प्रयोग गर्ने मोबाइललाई फरेन्सिक ल्याबले गरेको अनुसन्धानलाई केलाउँदा पनि कुनै तेस्रो व्यक्तिसँग सम्पर्क नदेखिएको तत्कालीन एसएसपी टेकप्रसाद राई (हाल एआईजी)ले बताएका थिए ।
‘बिहान ५ बजे गेटबाहिर दूध लिन गएदेखि विजयले किचनमा टोलाएकोसम्म पनि अनुसन्धान गरेका छौं,’ एसएसपी राईले तत्कालीन समयमा भनेका थिए, ‘मुना र विजयको मोबाइलको फरेन्सिक जाँचको नतिजा हेर्दा अन्य व्यक्तिको संलग्नता देखिँदैन,’ भन्दै प्रहरीले मुना हत्या प्रकरणको च्याप्टर क्लोज गरेको थियो ।
पोस्टमार्टमा हेर्दा विजयले घाँटीमा पासो लगाएको देखिएको छ भने भिडियोलगायत अन्य प्रमाण हेर्दा मुना कार्कीको हत्या विजयले नै गरेको देखिएको र अन्य अनुसन्धानको पाटो सकिएकाले यस हत्या प्रकरणको च्याप्टर क्लोज भएको प्रहरीले बताएको थियो । प्रहरीले फरेन्सिक ल्याबमा गरेको अनुसन्धानमा विजयको मोबाइलमा २ वटा भिडियो र केही व्यक्तिगत फोटाहरू भेटिएका थिए ।
मुना कार्कीले बोकेको मोबाइलमा अधिकांश आफ्ना फोटा र केही पारिवारिक फोटाहरू भेटिएको प्रहरीले जनाएको छ । मुनाले आफ्नो मोबाइलमा क्लोजअप फोटाहरू राखेकी थिइन् भने श्रीमान् अर्जुन कार्की, छोरा र अन्य पारिवारिक फोटोभन्दा अरू केही पनि नदेखिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
विक्रम संवत् २०७६ माघ २७ गते बिहान ११ बजेर २० मिनेटमा पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा उनकै घरमा भेटिएकी थिइन् । उनलाई टाउकोमा चोट लागेको अवस्थामा भेटिएको थियो । सानेपास्थित स्टार अस्पतालमा र्पुयाएपछि अस्पतालले उनलाई मृत घोषित गरेको थियो । उनकै घरमा काम गर्ने विजय चौधरी घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।
भारतीय नागरिक तारिक हत्या
ललितपुर महानगरपालिका– २ सानेपास्थित एक घरमा मृत फेला परेका भारतीय नागरिक ५९ वर्षीय सत्यनारायण तारिकको हत्याको अभियुक्त प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन् ।
सिंगो घरमा एक्लै बस्दै आएका सत्यनारायणको मेन गेट (च्यानल गेट) बन्द भएको अवस्थामा उनको शव फेला परको थियो ।
चोरी गर्न आएका व्यक्तिको प्रतिकार गर्दा उनीमाथि आक्रमण भएको हुनसक्ने संकेत ‘क्राइम सीन’ले गरेको तत्कालीन प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्रचार्य (हाल एआईजी)ले बताएकी थिइन् ।
प्रहरी घटनास्थलमा पुग्दा पुरानो घरको दोस्रो तल्लाको बेडरूमको खुट्टे पलङमा घोप्टो परेको र रातो ब्ल्याङ्केटले छापेको अवस्थामा शव फेला परेको थियो । बेड रगताम्मे अवस्थामा थियो । प्रहरीले घटनास्थलमा तालिमप्राप्त २ वटा कुकुरसमेत प्रयोग गरेको थियो । ती कुकुर घटनास्थलबाट भित्री गल्ली हुँदै केही पर पुगेर फर्किएका थिए । त्यो बेलुका ठूलो पानी परेकाले कुकुरलाई अपराधीसम्म र्पुयाउन नसकिएको प्रहरीले बताएको थियो ।
घटनास्थलमा उनले प्रयोग गर्दै आएको एउटा मोबाइल छियाछिया हुने गरी फुटाइएको अवस्थामा पाइएको थियो भने अर्को मोबाइल सकुशल अवस्था थियो । प्रहरी घटनास्थलमा पुग्दा टीभी, बत्ती बलिरहेको थियो । त्यसैले हत्या रातिमा भएको हुनसक्ने प्रहरीले जनाएको थियो ।
न्युरोडको एट्लान्टिक कम्प्युटर प्रालिमा सेल्स म्यानको काम गर्दै आएका उनी विगत २ वर्षदेखि उक्त कम्पनीमा कार्यरत थिए । उनी १० वर्षदेखि सानेपाको घरमा बस्दै आएको आएका थिए । भारतको राजस्थान घर भएका सत्यनारायणकी श्रीमतीको ८ वर्ष अगाडि मृत्यु भएको थियो ।
२ जनालाई ६/६ हजार तलब दिएर खान पकाउन राखेका थिए । प्रहरी प्रारम्भिक चरणमा उनीहरूलाई शंका गरेर केरकारसमेत गरेको थियो तर कुनै पनि प्रमाणहरू फेला नपारेपछि अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...