०६ साउन २०८३, बुधबार

हलमा लागिरहेको ‘परदेशी २’को गीत ‘न भुल्नु ए साथी’ युट्युबमा सार्वजनिक

कात्तिक १५, २०८०
काठमाडौं
हलमा लागिरहेको ‘परदेशी २’को गीत ‘न भुल्नु ए साथी’ युट्युबमा सार्वजनिक

सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्म ‘परदेशी २’को एउटा गीत बुधवार सार्वजनिक गरिएको छ । 

फिल्ममा समावेश ‘न भुल्नु ए साथी’ बोलको गीत म्युजिक नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो गीतमा मनोज खड्का, प्रविण बेडवाल, शान्तिश्री परियार र दीपा स्वाङको स्वर छ ।  फिल्मका निर्देशक नारायण रायमाझीको संगीत रहेको गीतका शब्द रायमाझी र लाल गोपाल सुवेदीले लेखेका हुन् । 

गीतको भिडियोमा फिल्मका शीर्ष कलाकारहरू अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी फिचर्ड छन् । देबेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकार समेत भिडियोमा प्रस्तुत छन् । परिच्छेद सेनले गीतको कोरियोग्राफी गरेका हुन् । 

साथीहरूसँग छुट्दाको क्षणलाई समावेश गरिएको गीतले धेरैको मन छोएको थियो । 

‘परदेशी २’मा प्रकाश र केकीसँगै वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सबिन बास्तोला लगायतको अभिनय छ । 

रमेश बिजीको कथा र पटकथा लेखन रहेको फिल्मका निर्माता रायमाझी र राजेश वंशल हुन् । 

असोज २६ गतेबाट प्रदर्शनमा आएको फिल्मले तेस्रो सातामा पनि दर्शकको माया पाइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्