
विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने उद्देश्यका साथ ललितपुरको थसिखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शोरुम उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ।
नेपालमा सेरेस ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले ललितपुरमा डिलरशिपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेको हो।
शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई रोमाञ्चक सेरेस ईभीहरुको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ।
अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल, सेरेसका कन्ट्री म्यानेजर फोर्ड हु र सिल्भर मुन मोटर्सका प्रबन्ध निर्देशक विष्णु भण्डारीले आ–आफ्नो धारणा राख्दै यस उद्यमको महत्व र आफ्नो समर्थनका बारेमा प्रकाश पारेका थिए।

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ।
हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ।
ललितपुरको नयाँ सेरेस शोरुम प्रदुषणरहित र स्मार्ट यात्राका लागि तपाईंको प्रवेशद्वार हो । दिगोपन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिएर सेरेस नेपालमा यातायातको भविष्यलाई पुन: परिभाषित गर्न तयार छ।
सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ।
सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो । यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१ औं गौरवशाली स्थान बनेको छ।

सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ।
सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ । जसको मूल्य क्रमशः ४९,९९,०००/- र रु ५२,९९,०००/- बाट शुरू हुन्छ।
सेरेस मिनी ईभी तीन भेरियन्टमा उपलब्ध छ ।
लो ट्रिम-१८० किमी बेस अप्सन, मिड ट्रिम-१८० किमी फुल अप्सन र टप ट्रिम-२२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः रु १३,९९,०००/-, रु १६,४९,०००/- र रु १७,९९,०००/- रहेको कम्पनीले जनाएको छ ।