×

NMB BANK
NIC ASIA

सेरेसद्वारा ललितपुरको थसिखेलमा नयाँ शोरुम उद्‌घाटन​

काठमाडाैं | कात्तिक १७, २०८०

NTC
Premier Steels

विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने उद्देश्यका साथ ललितपुरको थसिखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शोरुम उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ।

Muktinath Bank

नेपालमा सेरेस ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले ललितपुरमा डिलरशिपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेको हो।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई रोमाञ्चक सेरेस ईभीहरुको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ।


Advertisment
Nabil box
Kumari

अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल, सेरेसका कन्ट्री म्यानेजर फोर्ड हु र सिल्भर मुन मोटर्सका प्रबन्ध निर्देशक विष्णु भण्डारीले आ–आफ्नो धारणा राख्दै यस उद्यमको महत्व र आफ्नो समर्थनका बारेमा प्रकाश पारेका थिए।​

Vianet communication

null

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ।​

हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ।

ललितपुरको नयाँ सेरेस शोरुम प्रदुषणरहित र स्मार्ट यात्राका लागि तपाईंको प्रवेशद्वार हो । दिगोपन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिएर सेरेस नेपालमा यातायातको भविष्यलाई पुन: परिभाषित गर्न तयार छ।​

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ।
सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो । यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१ औं गौरवशाली स्थान बनेको छ।​

null

सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ।​

सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ । जसको मूल्य क्रमशः ४९,९९,०००/- र रु ५२,९९,०००/- बाट शुरू हुन्छ।​

सेरेस मिनी ईभी तीन भेरियन्टमा उपलब्ध छ ।

लो ट्रिम-१८० किमी बेस अप्सन, मिड ट्रिम-१८० किमी फुल अप्सन र टप ट्रिम-२२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः रु १३,९९,०००/-, रु १६,४९,०००/- र रु १७,९९,०००/- रहेको कम्पनीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

जेठ ४, २०८१

गोर्खा ब्रुअरी प्रालि काठमाडौंले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कुल १०५ आगलागीपीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक&nda...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x