×

टी-ट्वान्टी विश्वकप छनोट

मूलपानीका भरिभराउ छत : जनही २ सय शुल्क, जोखिम मोलेर विश्वकप यात्रामा साक्षी

काठमाडाैं | कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । 

सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चाको विषय बनेको दृश्य हो, मूलपानीस्थित क्रिकेट मैदान आसपासका घरका भरिभराउ छत । शुक्रवार मैदान आसपासका १५/२० घरका छत दर्शकले भरिएका थिए ।


Advertisment

कीर्तिपुरमा रूख चढेर खेल हेरेको दृश्य अधिकांश नेपालीलाई नयाँ लाग्न छाडिसकेका बेला मूलपानीमा घरको छत भरिएको दृश्यले धेरैको ध्यान तानेको छ ।


Advertisment

समूह चरणको अन्तिम खेलमा ओमानसँग पराजित नेपालले कीर्तिपुर मैदानमा सेमिफाइनल खेल्न पाएन । उपविजेताका रूपमा नेपाल समूह ‘बी’को विजेता यूएईसँग प्रतिस्पर्धा गर्न मूलपानी मैदान पुग्यो ।

ओमानसँगको हारसँगै नेपाल क्रिकेट संघ (क्यान)ले मूलपानी मैदानमा ३५ सयभन्दा धेरै दर्शक नअटाउने भनेर सूचना जारी गरेको थियो । घरमै बसेर क्रिकेट हेर्न क्यानको उर्दी थियो ।

बिक्री खुला गरेको सीमित टिकट क्षणभरमै ‘सोल्ड आउट’ भयो  । क्रिकेटप्रेमी हजारौं दर्शकलाई क्यानको सूचनाले के छेक्थ्यो र, टिकट नपाए पनि मैदानमा पुगेरै छाडे ।

दर्शकको चाप त अपेक्षित नै थियो, त्यसैले मूलपानीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

पासबाहक बाहेकलाई मैदान जाने बाटोमा सवारीमार्फत आवतजावत बन्द गरिएको थियो । पार्किङका लागि साँखुतर्फ जाने बाटोको किनारा छुट्याइएको थियो । 

मैदानवरपर बिहान ७ बजेदेखि नै भीड बढ्न थाल्यो । १० बज्दा भीड थामिनसक्नु भइसकेको थियो ।

अघिल्ला खेलमा जस्तो यस खेलमा दर्शकले पर्खालमा उक्लिएर तथा काँडेतार समातेर खेल हेर्न पाएनन् । प्रहरीले पर्खालमा चढ्नै दिएको थिएन । त्यसपछि धेरैले विकल्प निकाले आसपासका घरका छतमा उक्लिने ।

क्यानले घरमै बसेर हेर्नु भनेको दर्शकले इमान्दारीपूर्वक माने, घरको छतमा उक्लिएर ! यसरी छतमा उक्लिने क्रममा अधिकांशले घरधनीलाई पैसा बुझाएको पाइयो ।  

क्यामेरा सहकर्मी प्रकाश बुढाथोकी र म ‘मिडिया बक्स’बाट निस्किएर नजिकैको एक घरको छतमा पुग्दा खुट्टा राख्ने ठाउँ बाँकी थिएन ।

हामीलाई छतमा रहेका दर्शकको प्रतिक्रिया लिनु थियो । छतबाट मिडिया बक्सबाट भन्दा प्रस्ट खेल हेर्न सकिने रहेछ । मैदानको चारैतर्फ प्रस्ट देखिएको थियो ।

null

त्यहाँ रहेका दर्शक मैदानतर्फ नै हेरेर झुमिरहेका थिए । क्यामेरा लिएर हामी त्यहाँ पुगेपछि सबै दर्शक हामीतर्फ हेरेर खुशी साट्न थाले । त्यहाँको माहोल नै बेग्लै बन्यो । 

‘आज निकै उत्कृष्ट खेल हेर्न पाइयो,’ छतमा रहेका दर्शक ऋषिकेश बुढाथोकीले निकै खुशी हुँदै भने, ‘टिकट नपाएपनि घरको छतमा बसेर हेर्ने मौका जुर्‍यो ।’

उनी घरधनीलाई २ सय रुपैयाँ तिरेर खेल हेर्न छतमा पुगेका रहेछन् । 

‘पैसाको त के कुरा भयो र, हामीले त भीआईपी प्याराफिटमा बसेर हेरेकोभन्दा पनि बढी मज्जा लियौं,’ उनले थपे, ‘आज आशिफ शेखको खेल उत्कृष्ट लाग्यो ।’ 

उनले ‘डेथ ओभर’मा कुशल मल्ललाई बल दिने कप्तान रोहित पौडेलको निर्णयको पनि प्रशंसा गरे । ‘यसअघि हाम्रो डेथ ओभर बलिङ राम्रो थिएन । आज कुशल मल्ललाई अन्तिम ओभर दिने निर्णय ठीक लाग्यो,’ उनले भने । 

घरको छतमै रहेकी नमूना शर्मा पनि आजको खेलबाट निकै खुशी भेटिइन् । ‘म क्रिकेट खासै बुझ्दिनँ, तर पनि खेल हेर्दा रमाइलो भयो,’ उनले भनिन्, ‘नेपाल विश्वकपमा पुग्यो, त्यसैमा खुशी भएँ ।’

अर्का दर्शक भोजराज अधिकारीले पनि घरको छतमा बसेर खेल हेर्दा निकै आनन्दित महसुस गरेको बताए । तर, प्याराफिट भइदिएको भए हुन्थ्यो भन्ने उनलाई लागेको छ । 

‘यहाँ बसेर खेल हेर्न मज्जा त आयो, तर यसरी खेल हेर्नु हाम्रो बाध्यता हो । राम्रो प्याराफिट भएको भए हजारौं खर्च गरेर भए पनि क्रिकेट हेर्थ्यौै,’ उनले भने, ‘२ सय रुपैयाँ लिएर भए पनि घरको ढोका खोलिदिने घरबेटीलाई धन्यवाद !’

त्यस्तै हिमाल राई पनि बाटोमै बसेर घाँटी तन्काइतन्काई खेल हेर्नुभन्दा छतमा बसेर हेर्नु सजिलो भएको बताउँछन् ।

‘यहाँबाट केही मुन्तिर राखेपको प्याराफिटसहितको स्टेडियम बन्दै छ । त्यो बन्न थालेको वर्षौं भइसक्यो, तर अझै बनेको छैन । खै कहाँ छ दर्शक बस्ने ठाउँ ?’ उनी भन्छन्, ‘प्याराफिटसहितको रंगशालाका लागि हामी सबैले सरकारलाई दबाब दिनु जरुरी छ ।’

दर्शकसँग जनही २ सय रुपैयाँ लिएर छतमा चढाउने घरधनीसँग कुरा गर्न खोज्दा उनले प्रतिक्रिया दिन मानेनन् । आफ्नो परिचय दिन समेत उनले इन्कार गरे ।

सरकार र नेपाल क्रिकेट संघ क्यानको लाचारीका कारण दर्शकहरू जोखिम मोलेर खेल हेर्न बाध्य भएका हुन् । छतमा यसरी बस्दा दुर्घटनाको जोखिम समेत हुन्छ, तर सौभाग्य नै मान्नुपर्छ शुक्रवार त्यस्तो कुनै अप्रिय घटना भएको सूचना छैन ।

यसरी जोखिम मोलेर अर्काको घरको छतबाट क्रिकेट हेर्ने सबै दर्शकको एकै स्वर छ, ‘हामीलाई घरको छतबाट खेल हेर्ने रहर होइन, सुविधासम्पन्न क्रिकेट स्टेडियम आवश्यक छ ।’

तस्वीरहरू : नेपाल क्रिकेट संघ (क्यान)को फेसबूक पेज

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x