२५ असार २०८३, बिहीबार
भूकम्पको डर

खलङ्गाबासीको बास, खुला आकाश [तस्वीरहरू]

कात्तिक २०, २०८०
काठमाडौं
खलङ्गाबासीको बास, खुला आकाश [तस्वीरहरू]

जाजरकोटको सदरमुकाम खलङ्गाका स्थानीय भूकम्पको डरले घरबाहिर खुला आकाशमुनि सुत्न बाध्य भएका छन् । 

जागरकोट र रुकुम पश्चिममा भूकम्पले भौतिक र मानवीय दुवै क्षति भएको छ । गत शुक्रवार राति गएको जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना घाइते भएका छन् ।

 null

अहिले खलङ्गामा घर भएर पनि फेरि भूकम्प जाने डरले कतिपय मानिस बाहिरै सुत्न बाध्य छन् । यस्तै कतिपयको घर लडेकाले विकल्प नभएर बाहिर सुतेका हुन् ।

  null

जाजरकोट केन्द्रविन्दु भएर सोमवार फेरि गएको थियो । भूकम्पमा एक युवती घाइते भएकी छिन् । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ राउतगाउँकी एक युवती घाइते भएकी हुन् ।

null

शुक्रवार दिउँसो करिब ४ः३१ बजेतिर गएको भूकम्पले यसअघि चर्काएका करिब आधा दर्जन घर पनि भत्काएको छ ।

null

पटक–पटक भूकम्प आउँदा मानिसको जनजीवन अस्तव्यस्त भएको छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्