२७ असार २०८३, शनिबार

हेराल्ड कलेज काठमाडौंको २०२३ को दीक्षान्त समारोह सम्पन्न

कात्तिक २१, २०८०
काठमाडौं
हेराल्ड कलेज काठमाडौंको २०२३ को दीक्षान्त समारोह सम्पन्न

हेराल्ड कलेज काठमाडौंले वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

होटल याक एण्ड यतीमा सोमवार भएको समारोहमा ३३४ भन्दा बढी विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसमध्ये २७२ जना बीएस्सी (अनर्स) कम्प्युटर साइन्स र ६२ जना विद्यार्थी बीएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका कलेजले जनाएको छ ।

हेराल्ड कलेज काठमाडौंको कम्प्युटर साइन्स कार्यक्रमबाट उच्च सम्मानका साथ स्नातक गरेकी एक उत्कृष्ट स्नातक अभिनव प्रसाई प्रतिष्ठित स्नातकोत्तर ‘इनोभेट नेपाल गु्रप छात्रवृत्ति’ प्रदान गरी समारोहलाई प्रकाश पारिएको थियो । यस छात्रवृत्तिले प्रसाईलाई आईएनजी कलेजहरू मध्ये एकमा थप उच्च शिक्षा लिने अवसर मिल्नेछ ।

मन्तव्यका क्रममा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले कलेजमा अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरूमा रोजगार पाइरहेको बताए । बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै उनले हेलाल्डका विद्यार्थीहरू सूचना प्रविधि क्षेत्रमा अग्रस्थानमा रहेको बताए ।

नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्वअध्ययन बढेको उनको भनाइ थियो ।

दीक्षान्त समारोह सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको छ । वार्षिक कार्यक्रमअनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ ।

२०२३ मा स्नातक उत्तीर्ण भएकाहरूलाई कलेजले बधाई ज्ञापन गर्दै उनीहरूको आगामी कार्यकालको लागि शुभकामना व्यक्त गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्