×

NMB BANK
NIC ASIA

फूलखेतीबाटै उन्नति गरेका प्रेरणादायी युवा

जापान छोडेर कल्लाबारीमा पुष्पखेती रोजेका भीमः स्वदेशमै मासिक १ लाख कमाइ [भिडियोसहित]

काठमाडाैं | कात्तिक २४, २०८०

NTC
Premier Steels

काठमाडौंको सीतापाइलाबाट करिब ४ किलोमिटरभित्र कल्लाबारी पर्छ । ह्वाइट गुम्बा पछाडि नागार्जुन वडा नम्बर ६ मा पर्ने यो ठाउँको दृश्य निकै मनमोहक देखिन्छ ।

Muktinath Bank

null  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुन पनि डाँडाको एक पाखो पूरै फूलैफूलले भरिएको छ । लगभग १५ रोपनीमा फैलिएको उक्त पाखोमा सयपत्री र एकान्त फूल ढकमक्क फूलेका छन् ।


Advertisment
Nabil box
Kumari

null 

Vianet communication

यी फूलाएका हुन् स्थानीय भीम वाइबा तामाङले । उनी जापानबाट फर्किएर पुष्पखेतीमा लागेका स्थानीय हुन् । 

भीमले यो व्यवसाय शुरू गरेको ३ बर्षमात्र भएको छ । करिब ७ वर्ष जापान बसे उनी । त्यहाँको जीवन छोडेर उनी नेपाल फर्किए । अनि पुष्पखेतीमा रमाए । 

‘जापान जानुअघि म थान्का आर्टको काम गर्ने गर्थे । जापानमा ७ वर्ष बसेँ । नेपाल आएर १ वर्ष बेरोजगार बसेँ । यही क्रममा पुष्प ब्यवासीसँग मेरो चिनजान भयो र यसपछि म यो व्यवसायमा होमिएको हुँ,’ उनले भने ।

null

जापानमा पनि केही वर्ष कृषि क्षेत्रमा काम गरेको अनुभव संगालेका छन् भीमले ।  

आधुनिक प्रविधिका बारेमा थोरबहुत ज्ञान हासिल गरेर आफू नेपाल फर्किएको उनले लोकान्तरसँगको कुराकानीमा बताए ।

‘जापानमा सिकेको आधुनिक कृषि औजारसम्बन्धी सीप मैले आफ्नै बारीमा प्रयोग गरे,’ उनले भने ।

null

भीमले करिब १५ रोपनी जग्गामा पुष्पखेती गरेका छन् । थोरै क्षेत्रफलमा पुष्पखेती सम्भव नहुने उनकाे अनुभव छ ।

पुष्प व्यवसायबाट भएको आम्दानीमध्ये महिनाको १ लाख रुपैयाँ बचत गर्ने गरेको उनले बताए । 

‘मेरो यो खेती लगभग १५ रोपनीमा फैलिएको छ ।  अनि बल्ल १ लाख आम्दानी हुने गरेको छ,’ उनले भने, ‘पोहोर सालको तिहारमा मैले ५०० ढ्वांग फूल १ हजारका दरले  बिक्री गरेँ ।’ 

null

एक ढ्वांगमा करिब साढे २ केजी फूल अट्ने उनले जानकारी दिए । यो पटकको तिहारमा पनि राम्रो बिक्री हुने उनले आशा गरेका छन् ।

यस व्यवसायमा लगानी थोरै लाग्ने र मिहिनेत पनि धेरै गरिरहन नपर्ने उनको तर्क छ । ‘थोरै लगानी र आम्दानी पनि राम्रै हुन्छ,’ उनले भने । 

पुष्प व्यवसायलाई भीमको घरकै चारजना सदस्यले पनि सहयोग गरिरहेका छन् । ‘घरकै सदस्यहरूले मलाई सहयोग गर्नुभएको छ । यसले गर्दा थप कामदार राख्नुपरेको छैन,’ उनले भने ।

null

। सम्भावना हुँदा–हुँदै पनि यस व्यवसायमा केही समस्या भने रहेको भीमले बताए । नेपालमै अर्बौको फूल उत्पादन हुँदाहुँदै पनि सरकारले भारतबाट आयात गर्दा भने उनको मन खिन्न भएको छ ।

null 

आयातले स्वदेशमै केही गर्छु भनेर लागेका व्यवसायीलाई मार पर्ने गरेको भीमको गुनासो छ । पुष्प आयातलाई सरकारले पूर्णरुपमा रोक लगाउनुपर्ने उनको माग छ ।

थप तस्वीरहरूः 

nullnullnullnullnullnullnullnullnull

हेरौं भिडियोः null

 हेरौं भिडियोः

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x