२८ जेठ २०८३, बिहीबार
फूलखेतीबाटै उन्नति गरेका प्रेरणादायी युवा

जापान छोडेर कल्लाबारीमा पुष्पखेती रोजेका भीमः स्वदेशमै मासिक १ लाख कमाइ [भिडियोसहित]

कात्तिक २४, २०८०
काठमाडौं

काठमाडौंको सीतापाइलाबाट करिब ४ किलोमिटरभित्र कल्लाबारी पर्छ । ह्वाइट गुम्बा पछाडि नागार्जुन वडा नम्बर ६ मा पर्ने यो ठाउँको दृश्य निकै मनमोहक देखिन्छ ।

null  

हुन पनि डाँडाको एक पाखो पूरै फूलैफूलले भरिएको छ । लगभग १५ रोपनीमा फैलिएको उक्त पाखोमा सयपत्री र एकान्त फूल ढकमक्क फूलेका छन् ।

null 

यी फूलाएका हुन् स्थानीय भीम वाइबा तामाङले । उनी जापानबाट फर्किएर पुष्पखेतीमा लागेका स्थानीय हुन् । 

भीमले यो व्यवसाय शुरू गरेको ३ बर्षमात्र भएको छ । करिब ७ वर्ष जापान बसे उनी । त्यहाँको जीवन छोडेर उनी नेपाल फर्किए । अनि पुष्पखेतीमा रमाए । 

‘जापान जानुअघि म थान्का आर्टको काम गर्ने गर्थे । जापानमा ७ वर्ष बसेँ । नेपाल आएर १ वर्ष बेरोजगार बसेँ । यही क्रममा पुष्प ब्यवासीसँग मेरो चिनजान भयो र यसपछि म यो व्यवसायमा होमिएको हुँ,’ उनले भने ।

null

जापानमा पनि केही वर्ष कृषि क्षेत्रमा काम गरेको अनुभव संगालेका छन् भीमले ।  

आधुनिक प्रविधिका बारेमा थोरबहुत ज्ञान हासिल गरेर आफू नेपाल फर्किएको उनले लोकान्तरसँगको कुराकानीमा बताए ।

‘जापानमा सिकेको आधुनिक कृषि औजारसम्बन्धी सीप मैले आफ्नै बारीमा प्रयोग गरे,’ उनले भने ।

null

भीमले करिब १५ रोपनी जग्गामा पुष्पखेती गरेका छन् । थोरै क्षेत्रफलमा पुष्पखेती सम्भव नहुने उनकाे अनुभव छ ।

पुष्प व्यवसायबाट भएको आम्दानीमध्ये महिनाको १ लाख रुपैयाँ बचत गर्ने गरेको उनले बताए । 

‘मेरो यो खेती लगभग १५ रोपनीमा फैलिएको छ ।  अनि बल्ल १ लाख आम्दानी हुने गरेको छ,’ उनले भने, ‘पोहोर सालको तिहारमा मैले ५०० ढ्वांग फूल १ हजारका दरले  बिक्री गरेँ ।’ 

null

एक ढ्वांगमा करिब साढे २ केजी फूल अट्ने उनले जानकारी दिए । यो पटकको तिहारमा पनि राम्रो बिक्री हुने उनले आशा गरेका छन् ।

यस व्यवसायमा लगानी थोरै लाग्ने र मिहिनेत पनि धेरै गरिरहन नपर्ने उनको तर्क छ । ‘थोरै लगानी र आम्दानी पनि राम्रै हुन्छ,’ उनले भने । 

पुष्प व्यवसायलाई भीमको घरकै चारजना सदस्यले पनि सहयोग गरिरहेका छन् । ‘घरकै सदस्यहरूले मलाई सहयोग गर्नुभएको छ । यसले गर्दा थप कामदार राख्नुपरेको छैन,’ उनले भने ।

null

। सम्भावना हुँदा–हुँदै पनि यस व्यवसायमा केही समस्या भने रहेको भीमले बताए । नेपालमै अर्बौको फूल उत्पादन हुँदाहुँदै पनि सरकारले भारतबाट आयात गर्दा भने उनको मन खिन्न भएको छ ।

null 

आयातले स्वदेशमै केही गर्छु भनेर लागेका व्यवसायीलाई मार पर्ने गरेको भीमको गुनासो छ । पुष्प आयातलाई सरकारले पूर्णरुपमा रोक लगाउनुपर्ने उनको माग छ ।

थप तस्वीरहरूः 

nullnullnullnullnullnullnullnullnull

हेरौं भिडियोः null

 हेरौं भिडियोः

salt training

कमेन्ट गर्नुहोस्