०८ असार २०८३, सोमबार

‘जम्प’को ट्रेलर सार्वजनिक, चलचित्र मंसिर २९ मा

कात्तिक २६, २०८०
काठमाडौं
‘जम्प’को ट्रेलर सार्वजनिक, चलचित्र मंसिर २९ मा

आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । 

यो चलचित्र साइकोलोजिकल थ्रिलर जनरामा निर्माण गरिएको हो । राष्ट्रिय धावक बनेका मुख्यपात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । आफ्नो विगतका दबाएर राखिएका अनुभूतिहरूले उसलाई पिरोल्न थाल्छन् । यससँगै आएका ट्विस्टहरू र भ्रष्टाचारको जालो वरपर यो चलचित्र रुमलिने निर्देशक कार्कीले बताए । 

चलचित्र क्रियटिभ माकुरा मिडियाको ब्यानरमा बनेको हो । 

इशा खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कंडेलको मुख्य भूमिका छ । विदेशी फिल्म फेस्टिभलमा आफ्नो उपस्थिति जनाइसकेको ‘जम्प’ले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने विश्वास रहेको लेखक तथा निर्देशक कार्कीले बताए । 

क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन् । चलचित्रलाई गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् । 

मंसिर २९ गतेबाट चलचित्र प्रदर्शनमा आउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्