मंसिर १८, २०८०
अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...
प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् ।
फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात–हातमा फूल लिएर सडकमा बस्न बाध्य छन् ।
काठमाडौं महानगरपालिकाले यसपटक भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणबाट तिहारलाई लक्षित गर्दै फूल बिक्री वितरण गर्न दिएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्ससँग संयुक्त पहल गरेर फूल बिक्रीस्थल तोकिएको महानगरपालिकाले जनाएको छ ।
आफूहरूले उत्पादन गरेको फूललाई ठाउँ नै तोकेर व्यापार गर्न दिएकोमा नेपाली किसान महानगरप्रति आभारी नै देखिए । तर महानगरले न्युरोडलगायत क्षेत्रमा भने खुलेआम भारतीय फूललाई हात–हातमा बेच्न दिइएको भन्दै उनीहरूले आपत्ति व्यक्त गरेका छन् ।
‘शनिवार राति १ बजेदेखि आइतबार मध्यान्हसम्म १ झुप्पा मात्र फूल बिक्री भएको छ । जबकि मैले ६० झुप्पा ल्याएको छु,’ काभ्रेपलाञ्चोक कोशीपारि घर बताउने एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘हामीलाई २ दिनका लागि मात्र भए पनि न्युरोड–असन क्षेत्रमा बेच्न दिन पर्यो ।’
त्यस्तै २०६० सालदेखि निरन्तर फूलको व्यापार गर्दै आएका अशोक सिंजालीको दुःख पनि उस्तै छ ।
करिब २ लाख ४ हजारको लगानी गरेर धुलिखेलबाट ल्याएको फूल–मालाको व्यापार जम्मा ४ हजारको मात्र भएको छ,’ उनले भने, ‘न्युरोड–असन क्षेत्रमा भारतीय फूललाई खुलेआम बेच्न दिइएको छ । चाडबाडको बेला त हामीलाई पनि बेच्न दिए हुन्थ्यो ।’
यदि बिक्री नभएमा सबै बचेको फूल सिंहदरबार र संसद् भवनअगाडि फालिदिने सिंजालीले आक्रोश पाखे ।
‘साथीहरू सबैले मानेदेखि यो सबै फूल सिंहदरबार र संसद् भवनअगाडि फालिदिने थिएँ,’ उनले फूलतिर हात बढाउँदै भने ।
त्यस्तै काभ्रे कोशीपारिबाटै आएकी चन्दामाया तामाङ जुनसकै सरकार आए पनि साना व्यापारीले दुःख नै पाइरहेको गुनासो गरिन् ।
गाउँमा बाँझो भएका खेतमा फूलखेती गरेर काठमाडौंमा बेच्न ल्याउँदासमेत ग्राहक नपाएकोमा उनी दुःखी देखिन्थिन् ।
‘अनि यस्तै हो भने खाडी नगइ सुख छ त !’ सरकारमा बस्नेहरूप्रति लक्षित गर्दै उनले भनिन् ।
हेरौं भिडियोः
अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...
३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ । बिहीवार आयोजित कार्यक्रममा कजरिया...
गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो । बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...
यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...
महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ । महिन्द्राले छोटो सम...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...