मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडाैं | कात्तिक २८, २०८०
चाडबाडको समयमा जुवातास खेल्नेलाई प्रहरीले पक्राउ गरेका समाचार आइरन्छन् । विशेष गरेर यतिबेला बिदा हुने भएकाले घरमा रमाइलोका लागि तास खेल्ने धेरै हुन्छन् । जुवाडेहरू पनि यही समयको फाइदा उठाउँदै सक्रिय हुने गरेका छन् ।
प्रहरीले कात्तिक २१ गते नागार्जुन नगरपालिका– ३ पानधाराबाट २२ जनालाई पक्राउ गर्यो, त्यसमा एनआरएनएका पूर्व पदाधिकारी समेत थिए ।
प्रहरीले त्यहाँ पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले रमाइलोका लागि खेलेको पाइएकाले नाम सार्वजनिक नगरेको बताए । प्रहरीले ४ लाख ९२ हजार ५५० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरी अधिकारीहरूका अनुसार त्यो २२ जनामा नाम चलेका व्यक्तिहरू पनि थिए ।
प्रहरी स्रोतकाअनुसार एनआरएनएका पूर्वउपाध्यक्ष तथा ११औं महाधिवेशनमा निर्वाचन समितिको सदस्य रहेका टेकबहादुर (टीबी) कार्की, एनआरएनएमै आबद्ध सञ्जय मुडभरी, काठमाडौंमा कार्यरत बहालवाला प्रहरी अधिकृतका सहोदर भाइ राजु जीसी, नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी लगायत पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा सरोज अधिकारी, श्यामबाबु तामाङ, नवराज तामाङ, चित्र तामाङ, विष्णुलाल लामा, कुमार खड्का, अम्बिर अधिकारी, भुवन दाहाल, लोप्साङ लामा, लोकबहादुर बोहरा, केशवराज अधिकारी, भरत बोहरा, विशाल तामाङ, विकास खत्री, लोकबहादुर तामाङ, निरबहादुर वाइबा, रामबहादुर लामा र लोकबहादुर श्रेष्ठ पनि रहेको काठमाडौं प्रहरी परिसरका एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए ।
त्यही दिन काठमाडौं प्रहरीले नार्गाजुन २ बाट ६ जनाको अर्को टोलीलाई २ लाख ११ हजार २ सय रुपैयाँसहित पक्राउ गरेको थियो । काठमाडौं प्रहरी परिसरको तथ्यांकअनुसार दशैंतिहारको बीचमा १ सय जना पक्राउ पर्दा २१ लाख २६ हजार १५ रुपैयाँ बरामद भएको प्रहरीको तथ्यांक छ ।
कात्तिक ३ गते १ हजार ८३५ रुपैयाँसहित ८ जनालाई पक्राउ गरिएको थियो । कात्तिक ८ गते ३ लाख ८६ हजार २ सय रुपैयाँसहित ७ जना, १२ गते अनामनगर घट्टेकुलोबाट १ लाख ९० हजार ९ सय रुपैयाँसहित ९ जना, १९ गते बूढानीलकण्ठको होटलबाट २३ हजार ६८० रुपैयाँसहित ७ जना पक्राउ परेका थिए ।
यस्तै गोकर्णेश्वर नगरपालिका– ६ नयाँबस्तीबाट ५४ हजार ७५० सहित ५ जना, तारकेश्वर नगरपालिकाबाट १९ हजारसहित ७ जना, काठमाडौं धुम्बाराही पिपलबोटबाट २ लाख ९२ हजारसहित ६ जनालगायत गरी १ सय जना पक्राउ परेको एसपी कुमोद ढुंगेलले लोकान्तरलाई बताए ।
ललितपुर प्रहरीले कात्तिक १४ गते गोदावरी नगरपालिका– १० टाहाखेलस्थित कुमार भन्ने टुकनाथ घिमिरेको घरबाट ८ जनालाई २ लाख ७ हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाहका अनुसार दशैं तिहारको बीचमा १६ लाख ३९ लाख ६३५ रुपैयाँसहित ४३ जना पक्राउ परेका छन्, त्यसमा १६ जना महिला छन् । प्रहरीले ९ वटा मुद्दा दर्ता गरेको छ ।
‘पक्राउ परेका सबैलाई मुद्दा दर्ता गरेका छौं । उनीहरूबाट साढे १६ लाख हाराहारीमा बरामद भएको छ,’ एसएसपी शाहले लोकान्तरसँग भने ।
ललितपुर परिसरले पनि एउटै खालबाट ९ लाख रुपैयाँदेखि ६२ हजार रुपैयाँसम्म बरामद गरेको छ ।
यस्तै भक्तपुर प्रहरी परिसरका प्रवक्ता डीएसपी वसन्त पाठकका अनुसार दशैंतिहारको बीचमा ४६ जना पक्राउ परेका छन् ।
उनका अनुसार कात्तिक १२ गते १ लाख ४ हजार ६५० रुपैयाँसहित १५ जना, १८ गते २५ हजार ६५५ रुपैयाँसहित १० जना लगायतलाई पक्राउ गरिएको छ । भक्तपुर प्रहरीले उनीहरूको साथबाट २ लाख ८४ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।
यस्तै उपत्यकाबाहेकका जिल्लासमेत गरी प्रहरीले २०४ जनालाई १७ लाख ६१ हजार १७७ रुपैयाँसहित पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले बताए ।
उनका अनुसार कोशी प्रदेशबाट ५५ हजार ६० रुपैयाँसहित ४ जना, मधेश प्रदेशबाट ८८ हजार ३९० रुपैयाँसहित २८ जना, बागमती प्रदेशमा ५ लाख ६ हजार रुपैयाँसहित ३२ जना, गण्डकी प्रदेशबाट १ लाख ६० हजार ६८५ रुपैयाँसहित ८ जना, कर्णाली प्रदेशबाट ३ लाख ५८ हजार रुपैयाँसहित ४० जना र सुदूरपश्चिम प्रदेशबाट ३ लाख ७१ हजार रुपैयाँसहति ५० जना पक्राउ परेका छन् ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...