१४ असार २०८३, आइतबार

मुगुको लोकप्रिय माध्यमिक विद्यालयमा सामुदायिक पुस्तकालय स्थापना

मंसिर ४, २०८०
मुगु
मुगुको लोकप्रिय माध्यमिक विद्यालयमा सामुदायिक पुस्तकालय स्थापना
फाइल फोटो

मुगुको खत्याड गाउँपालिकास्थित लोकप्रिय माध्यमिक विद्यालयमा मष्टा सामुदायिक पुस्तकालय स्थापना भएको छ । 

मधुवन प्रकाशन, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, सावलाबुङ पुस्तकालय अभियानलगायत विभिन्न सङ्घसंस्था र दाताको सहयोगमा जिल्लामै पहिलोपटक स्थापित सो पुस्तकालयको सांसद ऐनबहादुर शाहीले आइतवार शुभारम्भ गरेका हुन् । पुस्तकालय स्थापनार्थ मुगुस्थित मष्टा समाजसेवी युवा क्लबले विशेष अभियान सञ्चालन गरेको थियो ।

हालसम्म सो पुस्तकालयमा विभिन्न विधाका लगभग दुई हजार ४०० पुस्तक सङ्कलन भइसकेको जनाइएको छ । विसं २०१६ मा स्थापित सो विद्यालयमा हाल करिब नौ सय विद्यार्थी अध्ययनरत छन् ।

सो अवसरमा सांसद शाहीले पुस्तकालयको आफ्नै भवन निर्माण र पुस्तकालयका लागि आवश्यक थप पुस्तक व्यवस्था गर्न आफूले सहयोग गर्ने बताए ।

यस्तै, गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतबहादुर शाही, जिल्ला समन्वय समितिका सदस्यद्वय कर्णप्रसाद माठागाई र ध्रुव विश्वकर्मा तथा खत्याड–७ का वडाध्यक्ष गोविन्दप्रसाद सञ्ज्याल, विद्यालयका प्रधानाध्यापक टङ्कप्रसाद सञ्ज्याल, क्लबका अध्यक्ष नरबहादुर रावत तथा अभियानका संयोजक टेकेन्द्र उपाध्यायले पुस्तकालयलाई सहयोग गर्न सबैसित आग्रह गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्