
ग्लोबल आईएमई बैंक लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ ।
आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदाताका रुपमा बैंकलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरूप सम्मान पत्र प्रदान गरेका थिए ।
बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।
ग्लोबल आईएमई बैंक लिमिटेड विभिन्न सूचकहरूमा नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।
सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ कारोबार शुरूवात गरेको ग्लोबल आईएमई बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ ।
आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गरी कार्यसम्पादन गर्दै आइरहेको बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४२ लाख भन्दा बढी ग्राहकहरूमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।