०७ असार २०८३, आइतबार

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक

मंसिर १०, २०८०
काठमाडौं
नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक

पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित भएको छ । नेपाल नर्सिङ परिषद्ले आइतबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।  

 साथै, परीक्षामा अनुत्तीर्ण परीक्षार्थीहरूले आगामी परीक्षामा सामेल हुन पाउनेछन् भने उत्तीर्ण भएका परीक्षार्थीहरूले अनलाइन लगइन  गरी रु १२०० खल्तीमार्फत भुक्तानी गरी प्रमाणपत्रका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 
प्रमाण पत्र लिन आउँदा परीक्षाका लागि पेस गरेका सम्पूर्ण शैक्षिक प्रमाण पत्रहरू लगायत नागरिकताको सक्कल प्रति, प्रवेश पत्रमा भएको फोटोको सक्कल २ प्रति र अनलाइन लगइन चाहिने सूचनामा उल्लेख छ । 

यसबारे विस्तृत नतिजा परिषदको वेबसाइट र नेपाल नर्सिङ परिषद्को सूचना पाटीमा  हेर्न सकिने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्