०६ साउन २०८३, बुधबार

नेसनल लाइफको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सम्झौताः बाल अस्पताललाई ३ वर्षसम्म वार्षिक २५ लाख दिइने

मंसिर ११, २०८०
काठमाडौं
नेसनल लाइफको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सम्झौताः बाल अस्पताललाई ३ वर्षसम्म वार्षिक २५ लाख दिइने

नेसनल लाइफ इनस्योरेन्स कम्पनी लिमिटेड र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सोमवार एक सम्झौता भएको छ ।

सम्झौतासँगै बूढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्रनाफामूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ३ वर्षसम्म प्रतिवर्ष २५ लाख रुपैयाँका दरले वित्तीय सहयोग उपलब्ध गराउने छ ।

नेसनल लाइफ इन्स्योरेन्सका तर्फबाट सोमवार एक समारोहका बीच कम्पनीका कार्यकारी प्रमुख सुरेशप्रसाद खत्री र इन्स्टिच्युटको तर्फबाट संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।  सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ता रकम २५ लाख रुपैयाँको चेक पनि सो संस्थालाई हस्तान्तरण गरे ।

null 

समारोहमा प्राडा कोइरालाले नेपालका सबै बालबालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पुर्याउने उदेश्यले परियोजना सञ्चालन गर्न लागिएको र क्रमिक रुपमा देशका अन्य स्थानमा समेत बाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको जानकारी दिए । यस परियोजनाका लागि वित्तीय सहयोग उपलव्ध गराएकोमा नेसनल लाइलाई धन्यवाद ज्ञापन गरे । 

यसैगरी कार्यकारी प्रमुख खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशील भई विगतदेखि नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षणजस्ता क्षेत्रमा आर्थिक सहयोग उपलव्ध गराउँदै आएको संस्मरण गरे । उनले काठमाडांै इन्स्टिच्युट अफ चाइल्ड हेल्थबाट निर्माणधिन बाल अस्पतालको परियोजनामा योगदान पुर्याउन पाएकोमा खुशीसमेत व्यक्त गरे । 

अस्पताल सञ्चालनपछि नेपालका बालबालिकाले सहज रुपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्