×

NMB BANK
NIC ASIA

नेसनल लाइफको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सम्झौताः बाल अस्पताललाई ३ वर्षसम्म वार्षिक २५ लाख दिइने

काठमाडाैं | मंसिर ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेसनल लाइफ इनस्योरेन्स कम्पनी लिमिटेड र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सोमवार एक सम्झौता भएको छ ।

Muktinath Bank

सम्झौतासँगै बूढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्रनाफामूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ३ वर्षसम्म प्रतिवर्ष २५ लाख रुपैयाँका दरले वित्तीय सहयोग उपलब्ध गराउने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेसनल लाइफ इन्स्योरेन्सका तर्फबाट सोमवार एक समारोहका बीच कम्पनीका कार्यकारी प्रमुख सुरेशप्रसाद खत्री र इन्स्टिच्युटको तर्फबाट संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।  सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ता रकम २५ लाख रुपैयाँको चेक पनि सो संस्थालाई हस्तान्तरण गरे ।


Advertisment
Nabil box
Kumari

null 

Vianet communication
Laxmi Bank

समारोहमा प्राडा कोइरालाले नेपालका सबै बालबालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पुर्याउने उदेश्यले परियोजना सञ्चालन गर्न लागिएको र क्रमिक रुपमा देशका अन्य स्थानमा समेत बाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको जानकारी दिए । यस परियोजनाका लागि वित्तीय सहयोग उपलव्ध गराएकोमा नेसनल लाइलाई धन्यवाद ज्ञापन गरे । 

यसैगरी कार्यकारी प्रमुख खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशील भई विगतदेखि नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षणजस्ता क्षेत्रमा आर्थिक सहयोग उपलव्ध गराउँदै आएको संस्मरण गरे । उनले काठमाडांै इन्स्टिच्युट अफ चाइल्ड हेल्थबाट निर्माणधिन बाल अस्पतालको परियोजनामा योगदान पुर्याउन पाएकोमा खुशीसमेत व्यक्त गरे । 

अस्पताल सञ्चालनपछि नेपालका बालबालिकाले सहज रुपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x