२१ असार २०८३, आइतबार

वीरगन्ज महानगरको मेयरमा फोरमका सरावगी विजयी, कांग्रेसका द्विवेदी २२ सय भोटले पछि

कात्तिक २०, २०७४
वीरगन्ज महानगरको मेयरमा फोरमका सरावगी विजयी, कांग्रेसका द्विवेदी २२ सय भोटले पछि

पर्सा, ११ असोज- वीरगन्ज महानगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । 

आज अपराह्न सम्पन्न भएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रमुख पदमा फोरमका उम्मेदवार विजय कुमार सरावगी १९ हजार ३९३ मत हासिल गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अजय कुमार द्विवेदीले १७ हजार १९७ मत हासिल गरेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो । 


महानगरपालिकाको उपप्रमुखमा काँग्रेसका शान्ति कार्की १९ हजार ६०७ मत हासिल गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरमका पिन्की यादवले १८ हजार ५३० मत हासिल गरेका छन् । 

वीरगन्ज महानगरपालिकाको ३२ वडामध्ये फोरम १२, काँग्रेस १०, नेकपा एमाले ५, राजपा नेपाल ३, नेकपा माओवादी केन्द्र र फोरम लोकतान्त्रिक १÷१ स्थानमा वडा अध्यक्षमा निर्वाचत भएको निर्वाचन कार्यालयले जनाएको छ । 

स्थानीय तह तेस्रो चरण निर्वाचनका लागि असोज २ गते भएको मतदानमा वीरगन्ज महानगरपालिकामा ८४ हजार १६० मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्