२० असार २०८३, शनिबार

१३६ वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक, कुन दल कति तहमा विजयी ?

कात्तिक २०, २०७४
१३६ वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक, कुन दल कति तहमा विजयी ?
काठमाडौँ, ११ असोज - यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का १३६ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।Madhesh-Vote-Count
आज साँझ नतिजा आउन बाँकी सप्तरीको राजविराज नगरपालिकाको प्रमुखमा राजपा नेपाल विजय भएको छ ।

राजपा नेपालका प्रमुखका उम्मेदवार शम्भु यादव चार हजार ७७४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका भीमराज यादवले चार हजार ७५९ मत प्राप्त गरे । यो सँगै तेस्रो चरणको निर्वाचनको  १३६ ओटै स्थानीय निर्वाचनको मतगणना सकिएको हो | आजै दिउँसो वीरगन्ज महानगरपालिकाको अन्तिम नतिजा घोषणा भएको थियो । वीरगन्जमा संघीय समाजवादी फोरम विजयी भएको छ ।

स्थानीय तहको प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ४०, नेकपा एमालेका १८, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय जनता पार्टी नेपालका २५, संघीय समाजवादी फोरमका २६, नेपाल लोकतान्त्रिक फोरमका तीन, नेपाली जनता दलका दुई र नयाँ शक्ति पार्टीका उम्मेदवार एक स्थानमा विजयी भएको आयोगले जनाएको छ ।

यसैबीच निर्वाचन बाट स्थानीय तहका एक हजार २७१ वडाध्यक्ष निर्वाचित भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्