२० असार २०८३, शनिबार

बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट

मंसिर १५, २०८०
काठमाडौं
बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट

वैदेशिक रोजगारीका लागि बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो ।

बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारका प्रतिनिधिबिच २०७९ भदौ ६ गते सम्झौता सम्पन्न भएको थियो । वैदेशिक रोजगार विभागले गएको साउन  ५  देखि  तीन  महिनाको  समयावधि  तोकेर  एक  सय  जना  नर्सका  लागि  अनलाइन  आवेदन  आह्वान गरेको थियो । 

अवधि राखेर आह्वान  गरिएको  आवेदनमा  सात  सय  बढीको  आवेदन परेकामा दुुई देशका प्रतिनिधिले तयार गरेको प्रोटोकल अनुसार ७५ जना मात्रै छनोट भएका हुुन् । जसमा चार जना अनुुपस्थित रहेकाले अन्तर्वार्तामा ७१  जना  मात्रै  सहभागी  हुने  खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्