०८ असार २०८३, सोमबार

अमेरिकाका १२ सहरमा गुञ्जिइन् अस्मिता अधिकारी

मंसिर १८, २०८०
काठमाडौं
अमेरिकाका १२ सहरमा गुञ्जिइन् अस्मिता अधिकारी

टेक्सस, अमेरिका । गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् । ‘यूएसए फर्स्ट म्युजिकल यात्रा – भोल्युम वन’ नाममा भएको कन्सर्ट न्युयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो । 

नेपालीहरूका प्रमुख दुई पर्व दशैँ र तिहारको अवसरमा अक्टोबर २१ मा टेक्ससको डलासबाट सुरु भएको कन्सर्ट नोभेम्बर २५ मा भर्जिनियामा समापन भएको थियो । अधिकारीले पहिलो पटक अमेरिकामा आफ्नो प्रस्तुति दिएकी हुन् । एउटै यात्रामा अमेरिकाका १२ सहरहरूमा प्रस्तुति दिने पहिलो नेपाली महिला कलाकार अस्मिता रहेको आयोजकले दाबी गरेको छ । लाइभ एट प्रेजेन्स, प्लानेट थ्री फिल्म, कोसेली इभेन्ट्स, फुजोन इन्टरनेशनलले संयुक्त रूपमा कन्सर्ट आयोजना गरेका थिए । 

आयोजकका अनुसार ४५ दिनमा सबै कन्सर्टहरू सम्पन्न भएका छन् । छोटो समयमा धेरै स्थानमा र विश्वस्तरिय कन्सर्ट स्थलहरूमा कार्यक्रमको आयोजना भएका थिए । हरेक विकेन्डमा आयोजित ती सबै कन्सर्टमा नेपाली भाषी डायस्पोरा समुदाय, दोस्रो पुस्ताका नेपालीहरू र केही विदेशी नागरिकसम्मको सहभागिता रहेको थियो । 

अस्मिता कन्सर्टलाई लिएर सबैबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको आयोजकमध्येका एक शरद युवराज सिंहले बताए । ‘यस क्षेत्रमा काम गरेको डेढ दशक भन्दा लामो अवधिको अनुभवमा हामीले गायिका अस्मितालाई कोमल आत्मा भएकी, मिलनसार, राम्रो संस्कारी र नेपाली डायस्पोरा समुदायलाई राम्रोसँग बुझ्ने व्यक्तिको रूपमा भेट्टायौँ’, सिंहले भने, ‘उनले आफूलाई यसरी स्थापित गर्दै गएकी छन् की जुन आजको सङ्गीतको बजारमा निकै दुर्लभ छ । हामीले उनको कन्सर्ट आयोजना गर्न पाएकोमा गर्व गरेका छौँ ।’ नेपाललाई अमेरिकामा बसोवास गर्ने नेपालीहरूसँग अझ नजिक ल्याउन अस्मिताले मद्दत गरिन् भन्ने आफ्नो विश्वास गरेको उनले बताए । 

अस्मिताले पछिल्लो समयको चर्चित गीत ‘काले केटाले’, ‘उता परेली झिम झिम भो’सहित ‘टाढा भए पनि’, ‘रमरम मरौटी’, ‘फूलै फूल दिन्छौ कि’ लगायतका दर्जनौँ गीतहरूले दर्शक झुमाएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्