३१ असार २०८३, बुधबार

हितग्राही ग्राहकका लागि प्रभु क्यापिटलले ल्यायो छुटको अफर, मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरसँग सम्झौता

मंसिर १८, २०८०
काठमाडौं
हितग्राही ग्राहकका लागि प्रभु क्यापिटलले ल्यायो छुटको अफर, मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरसँग सम्झौता

प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल र मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा यस अफरबारे सम्झौता भएको हो । 

आइतवार भएको सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा मेरिनाको तर्फबाट प्रबन्ध निर्देशक मोहनमान जोशीले हस्ताक्षर गरेका छन् । 

यस सम्झौताअन्तर्गत प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकले  मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरबाट सेवा लिँदा २५ प्रतिशत छुट अफर पाउने भएका छन् । 

यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण डिम्याट कन्फर्मेसन) तथा आफनो् आईडी कार्ड प्रस्तुत गर्नुपर्नेछ । जसका आधारमा मेरिनाले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ । 

यो अफर क्यापिटलका हितग्राही ग्राहकहरूले सम्झौता अवधिदेखि आगामी २ वर्ष अर्थात १७ मंसिर २०८२ सम्मका लागि मेरिनाका सम्पूर्ण शाखाबाट प्राप्त गर्नसक्ने छन् । बागबजार, न्युरोड, गाबाल, सामाखुसीमा रहेका ४ वटा आउटलेटमार्फत सेवा प्रदान गरिने बताइएको छ ।

प्रभु क्यापिटल र मेरिनाबीचको यो सम्झौताले ग्राहकहरूले सर्टिङ, सुटिङ तथा टेलरिङ सेन्टरको सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

‘प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरूका लागि प्रभावकारी रुपमा मर्चेन्ट बैकिङ्ग सेवा दिनुका अतिरिक्त ग्राहकलाई थप सन्तुष्टि दिन समय समयमा यस्ता व्यावसायिक सम्झौता गरी यस्ता छुट तथा अफर सुविधा दिन कम्पनी सधैं अग्रसर रहेको छ,’ प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत गौचनले भने । 

salt training

कमेन्ट गर्नुहोस्