३१ असार २०८३, बुधबार

‘दी नेपाल डिस्टीलरिज’को ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा

मंसिर १९, २०८०
काठमाडौं
‘दी नेपाल डिस्टीलरिज’को ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा

नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दी नेपाल डिस्टीलरिज’ले आफ्ना उपभोक्ताको माग र आकर्षणलाई ध्यानमा राख्दै ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको छ । 

४० यूपीको मदिरामा एबीभी (अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ । यस्तो उत्पादनको अन्तशुल्क २५ वा ३० यूपीको तुलनामा निकै नै कम भएका कारण पछिल्लो समय यसतर्फ उत्पादकहरूको आकर्षण रहेको कम्पनीले जनाएको छ । अन्तशुल्क कम भएकै कारण यो सेगमेन्टको मदिराको मूल्य पनि उपभोक्तामैत्री रहेको बताइएको छ । 

यो सेगमेन्टमा बलियो उपस्थिति जनाउने प्रतिबद्धतासहित प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको कम्पनीका महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए । 

‘नेपाली मदिरा बजारमा ४० यूपी सेगमेन्टमा प्रिमियम मदिराको माग धेरै छ । त्यसैले एकदमै उचित मूल्यमा आफ्ना उपभोक्ताहरुलाई कसरी प्रिमियम मदिरा उपलब्ध गराउन सकिन्छ भनेर हामीले बजारको पर्याप्त अध्ययन गरेका छौं,’ उनले भने, ‘दुई वर्षभन्दा बढी समयसम्म गरिएको अध्ययन र उपभोक्ताहरूको प्रतिक्रियालाई आधार मानेर चाँडै ४० यूपी सेगमेन्टको ह्विस्की फ्लेभर र रम फ्लेभरको प्रिमियम मदिरा बजारमा ल्याउने घोषणा गर्दछौं ।’ 

नेपाल डिस्टीलरिजले विशेषगरी २५ र ३० यूपीको मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको पोर्टफोलियोमा आफ्ना उत्कृष्ट उत्पादनहरू खुकुरी रम र न्युड सुपेरियर भोड्का समावेश छन् । 

‘खुकुरी रम’ नेपालबाट विभिन्न देशमा सबैभन्दा बढी निर्यात हुने मदिराजन्य उत्पादन हो । यो आफ्नो लोकप्रिय ब्राण्ड रहेको र यसले लामो समयदेखि विदेशी मुद्रा आर्जनमा समेत टेवा पुर्याउँदै आएको कम्पनीले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्