२८ असार २०८३, आइतबार

अरूका गीतको म्युजिक ट्रयाक व्यावसायिक प्रयोग नगर्न ध्यानाकर्षण

मंसिर १९, २०८०
काठमाडौं
अरूका गीतको म्युजिक ट्रयाक व्यावसायिक प्रयोग नगर्न ध्यानाकर्षण

अरूको स्वामित्वमा रहेका गीतको म्युजिक ट्रयाक अनधिकृत रुपमा व्यावसायिक प्रयोग नगर्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले सबैमा ध्यानाकर्षण गराएको छ । ​

मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले विभिन्न स्रष्टा, सर्जक, प्रस्तोता तथा उत्पादकहरुको स्वामित्वमा रहेको गीतको म्युजिक ट्रयाक अनधिकृत रुपमा व्यावसायिक प्रयोग नगर्न ध्यानाकर्षण गराएको हो । 

पछिल्लो समय देश तथा विदेशका स्टेज कार्यक्रममा म्युजिक ट्रयाकको अनधिकृत व्यावसायिक प्रयोग बढेको गुनासो आउने गरेको छ ।  गुनासो बढेपछि प्रतिष्ठानले ध्यानाकर्षण गराएको हो । 

व्यावसायिक प्रयोग गर्नुपर्ने भएमा सम्बन्धित अधिकार धनी स्रष्टा, सर्जक, प्रस्तोता तथा उत्पादकहरुले समझदारीमा लिखित अनुमति प्रत्यायोजन  गरेको अवस्थामा मात्र प्रयोग गर्न–गराउन समेत प्रतिष्ठानले अनुरोध गरेको छ । 

अनधिकृत रुपमा प्रयोग गरेको पाइएमा सम्बन्धित अधिकार धनीको माग बमोजिम असुल उपर, जरिवाना, दण्डसजाय हुनसक्ने कानुनी व्यवस्था रहेको भन्दै प्रतिष्ठानले सचेत समेत बनाएको छ । 

प्रतिष्ठान अध्यक्ष रीता थापा मगर, प्रतिष्ठान अन्तर्गतको विकृति विसङ्गति न्यूनीकरण विभागका संयोजक शिव हमाल र सह–संयोजक घनश्याम रिजालद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले यस्तो ध्यानाकर्षण गराएको हो । 

salt training

कमेन्ट गर्नुहोस्