×

NMB BANK
NIC ASIA

यसरी बेचिन्छन् चेली

मानव बेचबिखनको डरलाग्दो चित्र– जब रिस्तिकालाई भारत पुर्‍याएर ३ लाखमा बेचियो

काठमाडाैं | मंसिर २५, २०८०

NTC
Premier Steels

आर्थिक अवस्था कमजोर भएपछि सुर्खेतकी १७ वर्षीया रिस्तिका (नाम परिवर्तन) २ वर्ष अगाडि काठमाडौंमा रहेको सिबिन नामक संस्थाको सहयोगमा कक्षा ९ मा भर्ना भइन् ।

Muktinath Bank

पढ्ने इच्छा भएकी रिस्तिकालाई त्यो संस्थाले आवश्यक सहयोग गर्‍यो । उनले कक्षा १० सकिएपछि सिबिनमै चिनजान भएकी प्युठानकी १९ वर्षीया बबिता नेपालीले काम लगाइदिने भन्दै सुर्खेत बसपार्कमा रहेको डान्स क्लबमा जागिर लगाइदिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक अवस्था पनि कमजोर भएकाले घरमा केही सहयोग हुने आशामा रिस्तिकाले त्यहाँ काम गर्न थालिन् । क्लबमै अर्की २७ वर्षीया पूजा विक भन्ने महिलासँग चिनजान भयो । एकै ठाउँमा काम गर्ने भएकाले रिस्तिकाले पूजालाई विश्वास गर्न थालिन् । उनलाई विश्वासमा लिनका लागि पूजाले नजिकिएको अनेक बहाना देखाइन् ।  


Advertisment
Nabil box
Kumari

पूजाले क्लबमा भन्दा धेरै पैसा भारतमा कमाइ हुने कुरा बेलाबेलामा सुनाइरहन्थिन् । भारतमा काम लगाउने भएकाले सम्पर्क गर्न भन्दै पूजाले मुना ठकुरीको मोबाइल नम्बर दिइन् । रिस्तिकाले राम्रो काम पाउने आशामा उनीसँग फोनमा कुरा गरिन् । त्यही बीचमा सामाजिक सञ्जाल फेसबूकमा पनि जोडिए । फेसबूकमा लामो समय कुराकानी भएपछि उनले भारतमा हाउस किपिङ र कल सेन्टरमा १२ हजार भारतीय रुपैयाँमा जागिर लगाइदिने बताइन् । 

Vianet communication

‘काम सजिलो छ राम्रो काम गरे तलब बढाइदिन्छ,’ भन्दै मुना ठकुरीले रिस्तिकालाई फकाएको उनले मानव बेचबिखन ब्यूरोको प्रारम्भिक बयानमा बताएकी छन् । 

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीका अनुसार २०८० जेठ २१ गते सुर्खेतको बुलबुले तालमा भेटेर भारत लगिएको थियो । 

‘मुनाले पीडितलाई आफू भारत जान लागेको कुरा कसैलाई पनि नभन्नु, धेरै सामान पनि बोक्नुपर्दैन भनेर फकाएको देखिन्छ,’ एसपी पंगेनीले लोकान्तरसँग भने, ‘उनले नेपाल–भारत सीमा नाकामा पनि पारि सामान लिन जान लागेको भनेर भन्न लगाएको अनुसन्धानमा खुलेको छ ।’

रिस्तिकालाई मुनाले नेपालगञ्ज हुँदै भारतको दिल्लीको रोहिणी भन्ने ठाउँमा पुर्‍याइन् । त्यहाँ एउटा फ्ल्याटमा लगेर राधा राठौर नाम गरेकी महिलाको जिम्मा लगाइदिइन् । 

‘तिम्रो मालिक्नी यिनै हुन्, उनैसँग बसेर काम गर्नुपर्छ,’ भनेर चिनाइन् । त्यसपछि त्यहाँबाट ‘सामान लिएर आउँछु,’ भनेर मुना ठकुरी फरार भइन् ।

उनीसँगै त्यहाँ अर्का २ जना नेपाली युवतीहरू पनि थिए । 

अमृता नेपाली र तुलसा परियार भन्ने युवतीहरूलाई पनि नेपालबाट ल्याएर राखिएको थियो, तर उनीहरूलाई रिस्तिकासँग बोल्न दिइएको थिएन । एक दिन उनीहरूसँग बोल्दा मालिक्नी राठौरले कुटपिट गर्दै चुरोटले पोलेको पीडितले दिएको बयानमा उल्लेख छ । 

त्यसपछि रिस्तिकालाई ती महिलाले ग्राहकसँग यौनसम्पर्क गर्नुपर्ने बताइन् । उनले आफूलाई सरसफाइको कामका लागि ल्याएको र अन्य काम नगर्ने जिकिर गर्न थालिन् । तर ग्राहकसँग यौनसम्पर्क गर्न नमान्दा कुटपिटमा परिन् । मालिक्नी राठौरले ३ लाख रुपैयाँमा मुनासँग किनेको र त्यो पैसा तिरे मात्रै घर जान दिने बताइन् ।

वेश्यालयकी महिलाले रिस्तिकालाई जबर्जस्ती यौन धन्दामा लगाउने गरेकी थिइन् । ‘तँलाई वेश्यावृत्ति गर्न ल्याएको हो, तैँले जसरी पनि यो काम गर्नुपर्छ,’ भन्दै ग्राहकहरूसँग यौनसम्पर्क गराउने गरेको पीडितले जाहेरीमा भनेकी छिन् । 

उनलाई वेश्यालयकी राठौरले महिनावारी हुँदा पनि औषधि प्रयोग गरेर यौनधन्दामा लगाउने गरेकी थिइन् । ती महिलाले फेरि राजस्थानको विक्रम सिंह भन्ने व्यक्तिले सञ्चालन गरेको युनिक थाई स्पा सेन्टरमा जबरजस्ती पठाउने गरेकी थिइन् । 

एसपी पंगेनीका अनुसार रिस्तिकालाई यौनधन्दामा लगाएर प्रतिव्यक्ति १ हजारदेखि १२ हजारसम्म पैसा लिने गरेको अनुसन्धानबाट खुलेको छ । 

ग्राहकहरू हेरेर कतिपय अवस्थामा ८ सय भारतीय रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म लिने गरेको पाइएको छ, तर पीडितले एक रुपैयाँ पनि पाउँदैनथिइन् ।   

बेला–बेलामा उनी त्यो स्पा सेन्टरबाट निक्लन पनि खोजिन्, तर अग्लो पर्खाल भएको घर र सेक्यिुरिटी गार्डहरूले बाहिर निस्किन नदिँदा छुट्न सकेकी थिइनन् । 

अघिल्लो भारतीय स्वतन्त्रता दिवसमा अर्थात् २०८० साउन २९ गते भारतीय संस्था किन इन्डिया, भारतीय प्रहरी र नेपालको शक्ति समूहको संयुक्त टोलीले छापा हानेर उनलाई उद्धार गरेको थियो ।

केही दिन भारतको किन इन्डिया भन्ने संस्थामा राखेर असोज ७ गते मानव बेचबिखन ब्यूरोलाई जिम्मा लगाएको थियो । ब्यूरोमा पीडित रिस्तिका र अर्की एक युवतीले मुना ठकुरीविरुद्ध जाहेरी दिएको एसपी कृष्ण पंगेनीले लोकान्तरलाई बताए । उनका अनुसार ब्यूरोले मंसिर १४ गते नेपालगञ्जबाट पक्राउ गरेर ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । 

ब्यूरोका अनुसार रिस्तिकालाई किन्ने भारतीय महिला राधा राठौरलाई मुद्दा चलाएर अनुसन्धान गरिरहेको छ । ब्यूरोका प्रमुख एसएसपी जीवनराम श्रेष्ठका अनुसार पछिल्लो समयमा मानव बेचबिखनमा पर्ने युवतीहरूले समाजमा हुने विभिन्न कारणले जाहेरी दिन नआउने बताए । 

‘यस्ता पीडितहरूले समाजमा हुने विभिन्न प्रकारका दबाबका कारणले जाहेरी दिन आउँदैनन् । विवाह नहुने, जागिर नपाउने, श्रीमानले थाहा पाए सम्बन्धविच्छेद हुने लगायतका डरहरू देखिन्छन्,’ एसएसपी श्रेष्ठले लोकान्तरसँग भने ।

उनका अनुसार ब्यूरोमा आर्थिक वर्ष २०७९/०८० मा १५६ वटा मुद्दा दर्ता भएका छन् ।  प्रहरीले १६४ जनालाई विभिन्न देशबाट उद्धार गरेर ल्याएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x