फूटपाथ व्यापारीको पक्षमा धर्ना बस्न आएका अभियन्ता ईःलाई ललितपुरका स्थानीयले अवरोध पुर्याएका छन् ।
उभिएरै धर्ना बस्न पुल्चोक आएका उनलाई स्थानीयले मंगलवार दिउँसो अवरोध पुर्याएका हुन् ।
हालै ललितपुर महानगरपालिकाले लगनखेलदेखि मंगलबजारसम्म फूटपाथ व्यापार गर्न रोक लगाएको छ ।
ईः त्यसैको विरोधमा धर्ना बस्न लागेका थिए । स्थानीयको अवरोधपछि उनलाई प्रहरीले पुल्चोकीस्थित प्रहरी बिटमा लगेर सुरक्षा दिएको थियो ।