२१ असार २०८३, आइतबार

शेयर बजारमा सामान्य वृद्धि, २०१६ अंक टेस्ट गरेर फर्कियो नेप्से परिसूचक

मंसिर २७, २०८०
काठमाडौं
शेयर बजारमा सामान्य वृद्धि, २०१६ अंक टेस्ट गरेर फर्कियो नेप्से परिसूचक

शेयर बजारमा बुधवार पनि झन्डै ४ अर्बको कारोबार भएको छ ।

इन्डेक्समा २.६ अंकको सामान्य वृद्धि भए पनि कारोबार रकम भने ३ अर्ब ९० करोड ९१ लाख पुगेको हो ।

२०१६.९ अंकसम्म पुगेको शेयर बजार कारोबार हुने बेला १९८८.०४ अंकमा कायम भएको छ ।

इन्डेक्स करिब सवा १२ बजे उच्च केही महिनायताको उच्च अंक छोएर फर्किएको हो ।

अघिल्ला दिनहरूमा जस्तै बुधवार पनि बोटलर्स नेपालका शेयर धनीले १० प्रतिशत कमाएका छन् भने अन्य ४ कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्