२८ असार २०८३, आइतबार

राजु गिरीले गरे चलचित्र ‘ईश्वर’ निर्माणको घोषणा

मंसिर २७, २०८०
काठमाडौं
राजु गिरीले गरे चलचित्र ‘ईश्वर’ निर्माणको घोषणा

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ । 

हरि बहादुर थापा र शंकर गिरी निर्माता रहने चलचित्रमा राजेन्द्र बजगाईँ र वीपी वाग्लेको संगीत, देव महर्जनको द्धन्द्ध रहनेछ । 

चलचित्रका लागि कलाकारहरू केही दिनमा फाइनल गरिने निर्देशक गिरीले बताए । छायांकन भने माघको २८ गतेबाट मात्रै सुरु हुने उनले जानकारी दिए । गिरीको निर्देशन रहेको चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनमा आएपछि मात्रै उनले नयाँ चलचित्रको छायांकन गर्ने तयारी गरेका हुन् । 

‘नम्बरी सुन’ माघको १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्