२१ असार २०८३, आइतबार

चलचित्र ‘राजमहल’मा रमेश, आँचलदेखि मिस पविसम्मको अभिनय रहने

पुस ६, २०८०
काठमाडौं
चलचित्र ‘राजमहल’मा रमेश, आँचलदेखि मिस पविसम्मको अभिनय रहने

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको हो । 

सुरुवाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा चलचित्रको टाइटल ‘राजमहल’ राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने चलचित्रमा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिदैछिन । आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाउन चाहेन । 

चलचित्रमा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा अभिनय गर्नेछन् भने मोडल तथा टिकटकर मिस पवि ‘पवित्रा साकी’ र सिम्रन पन्तले पनि ‘राजमहल’बाट चलचित्रमा डेब्यु गर्दैछन् । करिब चार करोड बजेटमा बन्ने भनिएको चलचित्रको माघ पहिलो सातादेखि अस्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्डसम्म पुगेर केही सिन खिचिने जानकारी गराइयो । चलचित्रको बाँकी ७० प्रतिशत छायांकन भने नेपालमै गरिने छ । 

चलचित्रमा सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ जस्ता परिचत अनुहारसहित रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी पनि यो अन्य चारित्रिक भूमिकामा देखिने भएका छन् । पुरुषोत्तम प्रधानले खिच्ने चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरिले सङ्गीत भर्नेछन् । 

निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको ‘राजमहल’का मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन् ।  अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युवराज कार्की जोडिएका छन । त्यसैगरी सह–निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अस्ट्रेलिया तर्फबाट सहकार्य गरेका छन् । 

कार्यक्रममा निर्देशक तोलाङ्गीले चलचित्रको कथालाई न्याय गर्ने गरि आफूले निर्देशन गर्ने प्रतिबद्धता जनाएका छन् । अभिनेत्री आँचलले यो चलचित्रको कथा अनुसार उत्कृष्टता प्रदर्शन गर्न आफू आतुर रहेको बताइन् । अभिनेता रमेश उप्रेतीले चाहीँ अहिले नै आफूले ठूलो कुरा नगर्ने चलचित्रको छायांकन सकिएपछि सबिस्तार बोल्ने बताए । 

कार्यक्रममा राजदरबारको प्रसङ्ग निस्किँदा नेपालको राज दरबार हत्याकाण्डको विषयमा कलाकारहरूले फरक–फरक मत राखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्