
अभिनेता विल्सनविक्रम राई ‘तक्मे बुढा’ले फिल्म ‘लाहुरे एण्ड दाउरे’ निर्माण गर्ने भएका छन् ।
फिल्मका लागि अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । विल्सनकै लेखन तथा निर्देशन रहने फिल्ममा उनी स्वयमले पनि अभिनय गर्नेछन् ।
उनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो । कमेडी र लभस्टोरी कथावस्तुमा निर्माण हुन लागेको फिल्मको अभिनेत्री र अन्य कलाकारबारे टुंगो लाग्न बाँकी छ ।
विल्सनको यो डेब्यु निर्देशकीय फिल्म हुनेछ ।
छायांकन र प्रदर्शनबारे उनले भने उनले केही खुलाएका छैनन् ।