×

NMB BANK
NIC ASIA

स्वदेशमै उद्यम

सरकारी कार्यालय परिसरमा मशिनले घाँस काट्ने भीमबहादुर– बचाउँछन् महिनाकै लाख

काठमाडाैं | पुस १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुरको सातदोबाटोबाट खुमलटारतर्फ जाँदा बाटोको बायाँतिर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को कार्यालय छ ।

Muktinath Bank

विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने सरकारी निकाय नास्टको प्रांगणमा छिर्दा ६० वर्ष पार गरेका एक व्यक्ति आधुनिक मशिनले घाँस काटिरहेको भेटिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 नाम: भीमप्रसाद घिमिरे ।


Advertisment
Nabil box
Kumari

उमेर: ६० वर्ष पूरा ।

Vianet communication
Laxmi Bank

स्थायी ठेगाना: कोञ्ज्योसोम गाउँपालिका, २ ललितपुर ।

हालको बसाइ: ललितपुरकै खुमलटार ।

बुधवार दिउँसो २ बजेतिर नास्टमा पुग्दा भीमबहादुर मशिनले घाँस काटिरहेका थिए । नजिक पुगेर उनको कामबारे जिज्ञासा राख्दा भीमबहादुरले प्रविधिका कारण निकै सजिलो भएको बताए ।

'प्रविधि हजुर, प्रविधि; पहिला दिनभरी लगाएर एक भारी काट्न मुस्किल हुन्थ्यो, अहिले यो मशिनले एकैछिनमा एक ट्रक घाँस काट्छ,' शुरूमै उत्साहित हुँदै उनले सुनाए ।

null

दुग्ध उत्पादनलाई पेसा बनाएका उनले ५ वटा भैँसी र ३ वटा गाई पालेका रहेछन् । तिनै गाईभैँसीलाई खुवाउन उनले नास्ट प्रांगणमा 'ग्रास कटर' मशिनको सहायताले घाँस काट्ने गरेका रहेछन् ।

घाँस काट्नका लागि वर्षको २५ हजार रुपैयाँमा टेन्डर पारेको उनको भनाइ छ । मशिन खरिदमा भने १६ हजार रुपैयाँ खर्चिएको भीमबहादुरले सुनाए । मशिनका कारण निकै सहज भएको सुनाउँदै उनले थपे, 'मैले एक्लै घाँस काट्छु । कहिलेकाहीँ नाति केटाले पनि सघाउने गरेको छ ।'

null

दैनिक ६० लिटर दूध बेच्ने गरेको भन्दै उनले महिनाको एक लाख रुपैयाँ बचाउँदै आएको बताए ।

'महिनामा २ लाखको दूध बेच्ने गरेको छु । सबै खर्च कटाएर एक लाख रूपैयाँचाहिँ चोखो बचाउँछु,' भीमबहादुरले भने, 'पानी नमिसाइ बेच्ने गरेकाले एकै घरमा ४ लिटरसम्म लिनुहुन्छ ।'

null

गाउँमा दु:ख भयो भनेर झरेका थिए बेसी

कोञ्ज्योसोम ललितपुरकै विकट क्षेत्रमा पर्छ । भीमबहादुर पनि गाउँमा दु:ख भयो भनेर २० वर्षअघि शहर झरेका रहेछन् ।

null

'छोराहरू गाउँमै जन्मिएका थिए । यहाँ आएर दुईवटा नाति हुर्कायौं । यही कमाइले राम्रो स्कूलमा पढायौं । अहिले ब्याच्लर सकेर जापान जाने तरखरमा छन्,' भीमबहादुरले खुशी साटे ।

दूध बेचेरै ४ आना घडेरी समेत जोडेको उनले बताए । अब एउटै धोको छ- सय वर्ष टेक्न लागेका बुवा छँदै घर बनाउने । '९६ वर्षका बुवा जीवित छँदै घर बनाउन पाए मलाई आनन्द हुन्थ्यो,' उनले भने ।

null

नातिनातिनाले अब यो पेसा सम्हाल्छन् भन्ने विश्वास उनलाई छैन ।

'मेरो पुस्ताले मात्रै होला यसरी घाँस काट्दै गाईवस्तु पाल्ने,' भीमबहादुरले भने ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x