
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन बरामद भएको घटनामा पक्राउ परेका अभियुक्तबाट १ अर्ब ४० करोडको विगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
गत मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ किलो सुन बरामद भएको विषयमा कार्यालयले छानबिन गरी सोमबार मुद्दा दायर गरेको प्रमुख भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।