२९ असार २०८३, सोमबार

सलकपुरको एक विद्यालयलाई सांसद शर्माको आर्थिक सहयोग

पुस २०, २०८०
काठमाडौं
सलकपुरको एक विद्यालयलाई सांसद शर्माको आर्थिक सहयोग

नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले मोरङको एक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।

उनले सुन्दरहरैँचा नगरपालिका– ८ सलकपुरमा रहेको शिक्षा निकेतन माविलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

यसको जानकारी विद्यालयका प्रधानाध्यापक ठाकुर सुवेदीले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

सहयोग गरेका सांसद शर्माको घरमै पुर्याएर सम्मान पत्र प्रदान गरिएको प्रधानाध्यापक सुवेदीले बताएका छन् ।

शर्मा मोरङ क्षेत्र नम्बर– ३ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । सलकपुर पनि सोही क्षेत्रमा पर्छ ।

सांसद शर्मा मेडिकल व्यवसायीसमेत हुन् ।  

null

salt training

कमेन्ट गर्नुहोस्