२० असार २०८३, शनिबार

वीर अस्पतालमा बिरामीले गुनासो नगर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

पुस २६, २०८०
काठमाडौं
वीर अस्पतालमा बिरामीले गुनासो नगर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान (न्याम्स)का पदाधिकारीको छलफलमा बिहीबार प्रधानमन्त्री ‘प्रचण्ड’ले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले सेवा गुणस्तरीय र सुलभ हुनुपर्ने बताएका हुन् । 

वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उनले बताए । 'बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले  गुनासो गर्ने अवस्था आउनुभएन,' उनले भने । वीर अस्पतालले परम्परागत तवरलेभन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । 

कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाए ।

छलफलमा न्याम्सका उपकुलपति डा भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै आवश्यक स्रोतसाधान उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्