×

NMB BANK
NIC ASIA

काठमाडौंमा शुरूभयो सब-जुनियर च्यालेन्ज कप ब्याडमिन्टन, १५ वर्ष मुनिका खेलाडीको रोचक भिडन्त [भिडियोसहित]

काठमाडाैं | पुस २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

दोस्रो योनेक्स सनराइज इनास सब-जुनियर च्यालेन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता– २०८० शुरू भएको छ ।

Muktinath Bank

उक्त प्रतियोगिता नेपालका लागि खेल सामग्री उत्पादक संस्था योनेक्सको आधिकारिक बिक्रेता इनास इन्टरप्राइजेजको आयोजनामा बिहीवार काठमाडौंको मनमैजुमा शुरू भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

योनेक्स सनराइज इनासको मुख्य प्रायोजन रहेको प्रतियोगितामा यू–१५, यू–१३ र यू–११ छात्र तथा छात्रा दुवैमा प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएका छन् । 

Vianet communication
Laxmi Bank

बिहीवार शुरू भएको प्रतियोगिता पुष २९ गते सम्म मनमैजुस्थित दीपक ब्याडमिन्टन एकेडेमी (जीफोर)को कभर्ड हलमा आयोजना भइरहेको छ ।

null

प्रतियोगितामा देशैभरीबाट करिब १२७ खेलाडीको सहभागिता रहेको आयोजकले जनाए । जसमा छात्रातर्फ ३५ जनाको सहभागिता रहेको छ ।

कोशी प्रदेशबाट १ छात्रासहित सहभागी संख्या ६ रहेको छ । यस्तै गण्डकीबाट १ छात्रासहित १२ जना सहभागी रहेको पाइएको छ ।

null

यसैगरी लुम्बिनीबाट ४  र सुदूरपश्चिम प्रदेशबाट ५ जना सहभागी छन् ।

यस्तै बागमतीको काठमाडौंबाट ९४ जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

null

प्रतियोगितामा काठमाडौंका विभिन्न क्लब र विद्यालयबाट खेलाडीले सहभागिता जनाएका छन् ।     

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ र आयोजक इनास इन्टरप्राइजेजका प्रमुख राजु बाँस्तोलाले ब्याडमिन्टन खेलेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

null 

कार्यक्रममा आयोजक इनास इन्टरप्राइजेजका प्रमुख बाँस्तोलाले ब्याडमिन्टन प्रतियोगिताका लागि एउटा राम्रो हल उपलब्ध गराइदिन सदस्य सचिव घिसिङलाई अनुरोध गरे ।

ब्याडमिन्टन प्रतियोगिता आयोजनाका लागि आफ्नै एउटा हल भएमा सबैका लागि सजिलो हुने थियो,’ उनले भने ।

null 

राखेपका सदस्य–सचिव घिसिङले इटहरी र जुम्लामा उत्कृष्ट ब्याडमिन्टन हल बनेको र त्यहाँ अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सकिने उल्लेख गरे । 

null

‘राखेपको स्वामित्वमा रहेको इटहरीको हल खेलका लागि उपयोगी छ । म जुम्लामा गए त्यहाँ पनि उस्तै पाएँ,’ उनले भने, ‘ब्याडमिन्टन खेलको कसरी विकास गर्न सकिन्छ भन्नेतर्फ भने साथीहरूको ध्यान जान जरुरी छ ।’

null

बिहीवार भएको पहिलो चरणको खेलमा ६६ जनाको सहभागिता रहेको थियो भने ३३ जनाले प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् ।

null

प्रतियोगितामा मिडिया पार्टनर लोकान्तर सञ्चार प्रालि (लोकान्तर डट्कम) रहेको छ ।

हेरौं भिडियोः 
 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x