२७ जेठ २०८३, बुधबार

सब-जुनियर च्यालेन्ज कप ब्याडमिन्टनको तेस्रो दिनः २० जना सेमिफाइनलमा [भिडियोसहित]

पुस २८, २०८०
काठमाडौं
सब-जुनियर च्यालेन्ज कप ब्याडमिन्टनको तेस्रो दिनः २० जना सेमिफाइनलमा [भिडियोसहित]

दोस्रो योनेक्स सनराइज इनास सब-जुनियर च्यालेन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता– २०८० को तेस्रो दिन शनिवार यू– ११, यू– १३ र यू– १५ को प्रतिस्पर्धा भए । जसबाट २० जना खेलाडी  सेमिफाइनलमा प्रवेश गरेका छन् ।

null

काठमाडौंको मनमैजुस्थित दीपक ब्याडमिन्टन एकेडेमी (जीफोर)को कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत अब उनीहरूले आइतवार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

null

आइतवार यू– ११ अन्तर्गत कपिलवस्तुका बिराट बस्नेत र महाबौद्ध क्लबका आरभ शाक्य तथा त्रिभुवन आर्मी क्लबका दीप थिङ र कास्कीका सक्षेम गुरुङबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।

null 

त्यस्तै  यू– १३ अन्तर्गत छात्रतर्फ स्पोर्ट्स हबका सुदीप राई र एपीएफ क्लबका आरुष सिम्खडा तथा तनहुँका सफल भुजेल र त्रिभुवन आर्मीका सुदेश राजकोटीबीच प्रतिस्प्रधा हुनेछ । 

त्यसैगरी छात्रातर्फ मोहन भूगोलकी निभा राई र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्रीबीच तथा कास्कीकी रक्षा फगामी र त्रिभुवन आर्मीकी समृद्धि श्रेष्ठबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ ।

null

यस्तै  यू– १५ अन्तर्गत छात्रतर्फ धन्यन्तरी क्लबका सत्यम कार्की र त्रिभुवन आर्मीका सुबिन श्रेष्ठ तथा त्रिभुवन आर्मीकै सुदेश राजकोटी र आई तामाङ वा एस रानाबीच प्रतिस्पर्धा हुनेछ । 

यसैगरी छात्रातर्फ त्रिभुवन आर्मीकी रिहाना शेरचन र टिशारानी शाक्यबीच तथा ए श्रेष्ठ वा ए खत्री र निभा राईबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको सम्पूर्ण ब्रान्डिङ तथा व्यवस्थापनको काम खेतान स्पोर्ट्स फाउण्डेसनले गरेको छ । बिहीवार शुरू भएको प्रतियोगिता आइतवारसम्म चल्नेछ । आइतवार नै सेमिफाइनल र फाइनल हुनेछ ।

थप तस्वीरः 

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

हेरौं भिडियोः 

salt training

कमेन्ट गर्नुहोस्