०८ असार २०८३, सोमबार

‘दयारानी’मा दयाहाङ र दीया श्रीमान–श्रीमती, टिजर सार्वजनिक

माघ ४, २०८०
काठमाडौं
‘दयारानी’मा दयाहाङ र दीया श्रीमान–श्रीमती, टिजर सार्वजनिक

माओत्से गुरुङको लेखन एवं निर्देशन रहेको फिल्म ‘दयारानी’को टिजर सार्वजनिक गरिएको छ । 

यो फिल्ममा अभिनेता  दयाहाङ राई र अभिनेत्री दीया पुनले श्रीमान–श्रीमतीको भूमिका निर्वाह गरेका छन् । उनीहरूलाई निः सन्तान दम्पतीका रुपमा प्रस्तुत गरिएको छ । दयाहाङलाई दोश्रो विवाहका लागि दीयाले प्रेरित गरिरहेकी छन् । दयाहाङले भने दीयाको प्रस्ताव अस्वीकार गरेको देखाइएको छ । एक दृश्यमा दयाहाङलाई सालीसँग ठट्टा गरेको समेत देखाइएको छ । 

माघको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्ममा विजय बराल, प्रमिश गुरुङ, श्रीशा कुवँर, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले लगायतको पनि अभिनय छ ।

बाँसुरी फिल्मको प्रस्तुतिमा फिल्म निर्माण भएको हो । 

फिल्मले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको छ ।

salt training

कमेन्ट गर्नुहोस्