×

NMB BANK
NIC ASIA

मन्त्री मात्रै होइन, प्रधानमन्त्री नै फेर्न पार्टीबाट दबाब र विपक्षीबाट समेत ग्रीन सिंग्नल आउँदा पनि सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मौन छन् । अघिल्लो वर्षको १० पुसमा आफूबाट फुत्केको सत्ताको लगाम पुनः आफ्नै हातमा ल्याएपछि देउवा चुपचाप देखिन्छन् । 

Muktinath Bank

गत वर्षको चुनावमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । तर, सरकार बन्ने बेला प्रचण्डलाई एमालेले सहयोग गरेपछि कांग्रेस अप्रत्यासित रूपमा बाहिरिएको थियो । यसको सम्पूर्ण दोष आफूमा आउने भएपछि गत वर्षको १० पुसदेखि नै देउवा फेरि प्रचण्डसँग विश्वासको वातावरण बनाउन अग्रसर भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ गठबन्धन बनाएको बैठकदेखि नै प्रचण्डले ओलीको दबाब महसुस गरेका थिए । त्यसैले कांग्रेसको आड भरोसा पाए एमालेबाट टाढै बस्ने प्रचण्डको अपेक्षालाई देउवाले भरोसा गरिदिए । जसको परिणाम राष्ट्रपति कांग्रेसको पोल्टामा पार्ने समझदारी बन्यो । 


Advertisment
Nabil box
Kumari

साथै, सत्तामा पनि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच आलोपालोको सहमति भयो । यस्तो आलोपालोमा प्रचण्डले दुई वर्ष बीचमा नेकपा एकीकृत समाजवादीले डेढ वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले बाँकी डेढ वर्ष चुनावी सरकारको नेतृत्व गर्ने समझदारी भएको नेताहरूको दाबी छ । 

Vianet communication

यो समझदारीपछि प्रचण्डले आफ्नो कार्यकालको आधा समय सरकारमा बसेर बिताएका छन् । अब बढीमा एक ११ महिनाको समय प्रचण्डको छ । तर, त्यसपछि पूर्व सहमति अनुसार नेकपा एसका अध्यक्ष माधव नेपाल कि देउवा भन्ने टुंगो लागिसकेको छैन । 

नेपालले आफूले प्रधानमन्त्रीका लागि धेरै हतार नगरेको सार्वजनिक अभिव्यक्ति पटक–पटक दिएका छन् । देउवा पनि गठबन्धन दलबीच भएको सहमतिलाई लिएर कुनै सार्वजनिक टिप्पणीमा उत्रिएका छैनन्, आफ्नो 'सिग्नेचर शैली'मा चुपचाप बसेका छन् ।

देउवा गठबन्धन दलबीच भएको सहमतिलाई लिएर कुनै सार्वजनिक टिप्पणीमा उत्रिएका छैनन्, आफ्नो 'सिग्नेचर शैली'मा चुपचाप बसेका छन् । 

कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे देउवाको यो मौनता अपेक्षित नै भएको बताउँछन् ।  

‘अहिले बनेको गठबन्धन निर्वाचन अगाडिको हो । निर्वाचन अगाडि नै कांग्रेस–एमालेले जनतासँग स्थिर सरकारका लागि भनेर मत मागेका थिए । पाँच वर्षसम्म स्थिर सरकार दिन्छौं, टिकाउँछौं भनेपछि तुरुन्तै बदमासी गर्नु राजनीतिमा उचित हुँदैन,’ घिमिरे भन्छन्, ‘यसैले हामीलाई यो गठबन्धन टिकाउनु र बचाएर लानुपर्ने बाध्यता छ । सरकार बनेको बल्ल एक वर्ष भएको छ । कांग्रेससँग पुनः जोडिएको वर्ष दिन पनि भएको छैन ।’  

यसबीचमा एमालेबाट आएका र आउन सक्ने सम्भावित कार्डबारे पनि देउवा सचेत रहेको घिमिरे बताउँछन् । 

‘अहिले सरकारको नेतृत्वका लागि एमालेले प्रस्ताव गरेको भए पनि यसमा विश्वास गर्ने आधार छैन, किनकि अघिल्लो वर्षको पुस १० गते हामीलाई ओलीले नै उत्तानो पारेको होइनन् र ?’ घिमिरे प्रश्न गर्छन्, ‘हाम्रो सभापतिलाई सांसदको सिग्नेचर बोकेर आउँछु भनेर कुराएर बीचबाटै प्रचण्डलाई प्रधानमन्त्री बनाएको हामीले बिर्सेका छैनौं । यसैले अहिले ओलीले कुनै कार्ड फ्याँके भनेर उत्साही हुनुपर्छ भन्नेमा हाम्रो सभापति हुनुहुन्न भन्ने लाग्छ ।’ 

केही समयअघि बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्नेमध्ये धेरैले सरकारको कमजोर क्रियाशीलताबारे टिप्पणी गरेका थिए । १० महिनामा सरकारमा गएर उल्लेख्य प्रगति देखाउन नसकेको भन्दै केन्द्रीय सदस्य मन्त्रीमाथि खनिए । तर, बैठकले मन्त्रीको विषयमा कुनै कठोर निर्णय लिएर उनीहरूलाई विवादमा पार्न चाहेन । बरु अर्थतन्त्र विस्तारै लयमा आउन लागेको भन्दै यही सरकारलाई थप प्रभावकारी बनाएर जानुपर्ने आशय प्रकट गर्‍यो । 

‘जनतासँग मत माग्दा बलियो सरकार दिन्छौं भन्ने तर एक वर्ष नपुगी मन्त्री र सरकार फेर्न हतारिँदा मात्रै पनि रातारात कसैले नतिजा दिन सक्दैन,’ घिमिरे भन्छन्, ‘हाम्रै बैठकमा पनि सरकार र मन्त्रीले यो भन्दा राम्रो काम गर्न सक्थे भनेर सुझाव दिने काम भए, केही आलोचना भए, तर सरकार र मन्त्री नफेरि हुँदैन भनेर अहिले अड्डी कस्न मिल्दैन ।’

देउवा निकटका नेता एवं कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा देउवाले पदका निम्ति मरिहत्ते नगर्ने बताउँछन् । 

‘हाम्रो सभापतिलाई सत्ताको खेलाडी भन्छन्, तर परिस्थितिले त्यस्तो देखाएकौ छैन । धैर्यता र इमान्दारिताले गर्दा पद उहाँलाई नै खोजेर आइरहेको छ,’ विश्वकर्मा भन्छन्, ‘उहाँ १६ वर्षसम्म कुनै पनि पद नपाउँदा पनि धैर्यता देखाउँदै शान्त भएर बस्नुभयो । अरूले जस्तो बोलेर हत्ते नगरी उहाँलाई हरेक पदले आफैं पछ्याइरहेको छ ।’ 

null

प्रधानमन्त्रीकै चाहनामा पनि देउवाको मौनता

सरकारका एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीले प्रभावकारी काम नगरे फेरेर भए पनि अगाडि बढ्ने सन्देश दिएका थिए ।

यसअघिदेखि प्रधानमन्त्री अर्थमन्त्री डा. प्रकाशशरण महतसँग असन्तुष्ट थिए । विभिन्न प्रकरणको छानबिन अघि बढ्दा देउवा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग असन्तुष्ट बनेको चर्चा थियो । तर एक जना मात्रै हटाउन दुवै तयार भएनन् । विकल्पमा प्रधानमन्त्रीले मन्त्रीको सेट नै फेर्न सकिने आशयसमेत देउवासमक्ष पुर्‍याए । तर, सबैभन्दा ठूलो दलको नेताको रूपमा देउवाले तत्काल मन्त्री फेर्नेबारे हतारिन नहुने अडान लिएको एक नेता बताउँछन् । 

‘सभापतिसमक्ष मन्त्रीको सेट नै फेरौं भनेर प्रस्ताव आएको पनि सुन्यौं,’ देउवा निकटका नेता भन्छन्, ‘तर, उहाँले अहिले यसमा हतार नगरौं । समय आएपछि हुन्छ भनेर तत्काललाई टार्नुभएको छ ।’

११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन ७ देखि ९ सम्म हुने कांग्रेसको महासमिति बैठकसम्म केही नहुने सन्देश देउवाले दिएको नेताहरू बताउँछन् । तर फेरि पनि कांग्रेसको महासमिति बैठक हुने/नहुनेबारे टुंगो नभएको नेताहरू बताउँछन् । त्यसपछि बजेटमा केन्द्रित हुनुपर्ने हुँदा अर्थमन्त्री र बाँकी मन्त्री पनि फेरिने सम्भावना कम रहेको नेताहरू बताउँछन् । 

धैर्यवान देउवा 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगी प्रकरणमा आफूनिकट नेता बालकृष्ण खाँणलाई गत वैशाख २७ गते प्रहरीले पक्राउ गर्यो । आफू निकटका प्रभावशाली नेतालाई मुद्दा लगाएपछि देउवा बिच्किने धेरैको अनुमान थियो । 

तर, उनी चुपचाप जस्तै बसिदिए । फेरि कांग्रेसका अर्का सांसद सुनिल शर्मा नक्कली शैक्षिक प्रमाणपत्रमा प्रहरीबाट समातिए । उनी समातिएपछि सरकारले छानीछानी कांग्रेसमाथि निशाना साँधेको भनेर सरकारप्रति निर्मम बन्न देउवालाई पार्टी भित्रैबाट तीव्र दबाब पनि पर्‍यो । तर देउवाले यो दबाबलाई पनि सहजै झेले । 

‘सत्ता गठबन्धनलाई टिकाउने र सकेसम्म राजनीतिक स्थायित्व दिएर पाँचै वर्ष यही गठबन्धनलाई लानेमा हाम्रो सभापति इमान्दार हुनुहुन्छ,’ विश्वकर्मा भन्छन्, ‘एउटा जिम्मेवार नेताले सार्वजनिक खपतका लागि बोल्ने होइन, धैर्यता देखाउने हो । बोलेको पूरा गर्ने हाम्रो सभापतिको नेचर छ । वचन दिइसकेपछि अडिनुपर्छ भन्नेमा उहाँको दृढ विश्वास देखिन्छ ।’ 

तीव्र आलोचना भए पनि उनले प्रधानमन्त्री प्रचण्डदेखि गृहमन्त्री श्रेष्ठमाथि देखिने गरी दबाब बढाएनन् । बरु मन्त्री हटाउन नलागी अनुसन्धानमा लागेका केही वरिष्ठ प्रहरीको सरुवामा देउवाले चासो देखाएको नेताहरू बताउँछन् । खाँणलाई सरकारले पक्राउ गरेर मुद्दा चलाए पनि मुद्दा कमजोर बनाएर उच्च अदालत पाटनबाट छुटाउन र सर्वोच्चमा पुनरावेदन नगराउन भने कांग्रेसको उच्च नेतृत्वले सक्ने जति दबाब बढाएको एक नेताले स्वीकारे ।

गत कात्तिकमा कोशी प्रदेशमा एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरेर केदार कार्की मुख्यमन्त्री बनेको घटना अप्रत्याशित थियो । तर, सभापति देउवाले यो घटनामा पनि अस्वाभाविक मौनता देखाइदिए । गठबन्धनबाट माओवादीका उम्मेदवारलाई फिर्ता गराएर कार्कीलाई सहयोग गर्ने निर्णय देउवाले गरिदिए । यो विद्रोहपछि कांग्रेसमा खैलाबैला हुने अपेक्षा थियो । तर, कांग्रेसले पूरै समर्थन दिएपछि एमालेले थाप्न खोजेको ढोक्सा फेरि पनि रित्तै भयो । विद्रोहले संस्थापनइतर पक्ष विपक्षमा लाग्यो देउवा पक्षले मौनता साँधेरै परिस्थिति आफू अनुकूल बनाएको नेताहरू बताउँछन् । 

सरकारले प्रभावकारी नतिजा दिएन, नागरिकलाई उत्साही बनाएन भन्दै कांग्रेसको डा. शेखर कोइराला पक्षले निरन्तर प्रधानमन्त्रीमाथि दबाब बढाइरहेको छ । तर देउवाले पार्टीभित्रैको यो आवाजलाई सुनेको नसुनेझैँ गरिरहेका छन् । 

‘सत्ता गठबन्धनलाई टिकाउने र सकेसम्म राजनीतिक स्थायित्व दिएर पाँचै वर्ष यही गठबन्धनलाई लानेमा हाम्रो सभापति इमान्दार हुनुहुन्छ,’ विश्वकर्मा भन्छन्, ‘एउटा जिम्मेवार नेताले सार्वजनिक खपतका लागि बोल्ने होइन, धैर्यता देखाउने हो । बोलेको पूरा गर्ने हाम्रो सभापतिको नेचर छ । वचन दिइसकेपछि अडिनुपर्छ भन्नेमा उहाँको दृढ विश्वास देखिन्छ ।’ 

प्रचण्डले प्रधानमन्त्रीमा दुई वर्ष बिताएपछि नेपाल नभई आफू नै प्रधानमन्त्री बन्न देउवाले दबाब बढाउने नेताहरू बताउँछन् ।

‘प्रचण्डपछि माधव नेपाल  र त्यससपछि सभापति देउवा प्रधानमन्त्री बन्ने भन्ने सहमति भएको कुरा बाहिर आएको छ । तर, यो शीर्ष नेताबीच मात्रै सीमित छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘प्रचण्डपछि नेपालजीले पनि मलाई प्रधानमन्त्री नभई हुन्न भन्नुभएको छैन । यस्तोमा पहिले ठूलो दलको रूपमा हाम्रो सभापतिले नै सरकारको नेतृत्व गर्न पनि सक्नुहुनेछ । तर अहिले नै दाबी गरेर परिस्थिति बिथोल्ने सभापतिको मनस्थिति छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x