२६ असार २०८३, शुक्रबार

इन्डियन आइडलमा सफलता चुम्दै मेनुका पौडेल

माघ ९, २०८०
काठमाडौं
इन्डियन आइडलमा सफलता चुम्दै मेनुका पौडेल

नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को उत्कृष्ट १० मा प्रवेश गरेकी छन् । 

आइतबार राती प्रशारण भएको एपिसोडबाट उनी उत्कृष्ट १० मा प्रवेश गरेकी हुन् । 

मेनुकाको आइतवारको प्रस्तुतिलाई पनि​ निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए । 


आफ्नो गायिकीले भारतमा समेत प्रशंसा पाइरहेकी मेनुकाले बलिउड चलचित्र ‘सलार’मा गीत गाइसकेकी छन् ।

उक्त चलचित्र केही समय अगाडि प्रदर्शनमा आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्