×

NMB BANK
NIC ASIA

सञ्चारकर्मी अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पित

काठमाडाैं | माघ १०, २०८०

NTC
Premier Steels

सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार कथाकार माया ठकुरीको प्रमुख आथित्यतामा पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव विमला निरौला र मिलाप पब्लिकेसनका अध्यक्ष कृष्ण भुसाललगायतले सोमबार काठमाडौंमा संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् । 

Muktinath Bank

कार्यक्रममा उपन्यासकार सन्तोष श्रेष्ठले गीताले पत्रकारितमा रहँदै कृति पाठकमाझ ल्याएकोमा बधाई दिँए । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष एवं गीतकार शान्तिप्रियले गीतासँग आफूले सहकार्य गरेको बताउँदै चलचित्र पत्रकारितामा लामो समयसम्म टिकिरहनु नै महत्वपूर्ण कुरा रहेको जिकिर गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै, वरिष्ठ संगीतकार राजु सिंह, विशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार दामोदार पुडासैनी अन्तर्र्राष्ट्रिय नेपाली साहित्य समाजका महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्टले कृतिका लागि अधिकारीलाई बधाई तथा शुभकामना दिँदै उनको सक्रियताको तारिफ गरेका थिए । 


Advertisment
Nabil box
Kumari

प्रमुख अतिथि ठकुरीले गीतासँग आफ्नो दश वर्षभन्दा लामो सम्बन्ध रहेको बताउँदै आफ्नै वरिपरि रहेका परिवेशलाई आफ्ना प्रस्तुतिमा स्थान दिनुपर्ने विचार व्यक्त गरिन् । 

Vianet communication

पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै गीताको मैले पढेका ५१ पुस्तक समीक्षाको संग्रह नभएर कृति परिचयसंग्रह रहेको बताए । 

लेखक अधिकारी पत्रकारिताको कला-मनोरञ्जनका क्षेत्रमा कलम चलाउँदै आएकी छन् ।  उनका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरि’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् । 

अधिकारीले आफूले विभिन्न समयमा पढेका पुस्तकका बारेमा विभिन्न पत्रिकामा प्रकाशित भएका पुस्तक परिचयलाई यसमा समावेश गरेको जानकारी दिइन् । ‘पत्रकारितामा संलग्न हुँदै गर्दा मैले पढेर विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखलाई यसमा समावेश गरेकी छु । यसलाई समीक्षाभन्दा पनि पुस्तक परिचयका रूपमा बुझ्नका लागि अनुरोध गर्दछु,’ उनले भनिन् । 

गीताको ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको पहिलो कृति हो । मिलाप पब्लिकेशन प्रालिले पाठकमाझ ल्याएको १९२ पेजको कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x