२९ असार २०८३, सोमबार

ठमेलमा जेरीले खोलिन् डेढ करोड लगानीमा दोहोरी साँझ

माघ १२, २०८०
काठमाडौं
ठमेलमा जेरीले खोलिन् डेढ करोड लगानीमा दोहोरी साँझ

‘जेरी’ उपनामले परिचित लोकदोहोरी गायिका बबिता बानियाँले ठमेलमा दोहोरी साँझ खोलेकी छन् । 

नर्सिङ चोकमा उनले संचालनमा ल्याएको ‘मनको चाहना रोधी घर’को बिहीवार बेलुका औपचारिक उद्घाटन भएको छ । यो दोहोरी साँझमा ‘जेरी’सहित गायक कमल विष्टलगायतको लगानी छ । 

‘अहिलेसम्म जे जति कमाएको छु । अरूलाई झै घर जोडौँ, जग्गा–जमिन जोडौँ, गाडी जोडौँ भन्ने भएन’ गायिका जेरीले भनिन् ‘बरु रोधी खोलेर आफूजस्तै श्रम गरेर खानेहरूको रोजीरोटीको बाटो बन्न सकौँ भन्ने लागिरहन्थ्यो । अहिले ५२–५३ जनाले यहाँ रोजगारी गरिरहनुभएको छ ।’
दोहोरी साँझमा झन्डै डेढ करोड लगानी लागेको उनको सुनाइन् । 

गायिका ‘जेरी’ले अहिले उद्घाटन गर्न लागिए पनि चार महिना अगाडिदेखि दोहोरी साँझ संचालनमा रहेको जानकारी दिइन् । 

चर्चित कलाकारहरूका साथ बिहीवारदेखि १५ गते सोमवारसम्म उद्घाटन विशेष कार्यक्रम राखिएको छ । जहाँ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा, वरिष्ठ गायक एवं संगीतकार नारायण रायमाझी, इन्द्रेणी कार्यक्रममा संचालक कृष्ण कंडेललगायत सहभागी हुँदै छन् । 

salt training

कमेन्ट गर्नुहोस्