
काठमाडौँ उपत्यकाको प्रमुख जलाधार क्षेत्रका रूपमा रहेको शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा नागमती ड्याम निर्माण हुँदा उच्च जोखिम सिर्जना हुने देखिएको छ । भूमिगत जल सञ्चयलाई बढावा दिने गरी पोखरी वा इयाम बनाए पनि ठुलो आकारको बाँधयुक्त पोखरीले फाइदाभन्दा जोखिम बढाउने देखिएको हो।
तल्लोतटीय क्षेत्रमा सत्रीय राजधानी रहेको काठमाडौँ उपत्यकामा भन्दा माथि शिवपुरीमा यसअघि थाप बाँध बनाइसकिएको छ । काठमाडौँ उपत्यका उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्र हो । शिवपुरो र ककनोडाँडा भूकम्पीय शक्ति चलखेल भइरहने पहाड भएकाले त्यस्ता क्षेत्रमा निर्माण हुने पोखरीलगायतका भौतिक संरचनाले भविष्यमा अर्को विपत् निम्तिन सक्ने वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले बताए । गोरखापत्रमा खबर छ ।