२६ असार २०८३, शुक्रबार

अर्जुन सापकोटाले ल्याए ‘न सोध पिर के को ?’ [भिडियो]

माघ १२, २०८०
काठमाडौं
अर्जुन सापकोटाले ल्याए ‘न सोध पिर के को ?’ [भिडियो]

लोक गायक अर्जुन सापकोटाले नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रवार आफ्नो जन्मदिनको अवसर पारेर उनले ‘न सोध पिर के को ?’बोलको गीत सार्वजनिक गरेका हुन् । गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । 

गीतको भिडियोमा अर्जुन स्वयंम प्रस्तुत छन् । उनको जोडीका रुपमा मोडल जुना विश्वकर्मा देखिएकी छन् । 

अतिथि कलाकारका रुपमा बादल घिमिरे र श्रीधर अधिकारीले समेत अभिनय गरेका छन् । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा भिडियो बनेको हो ।

गीतका शब्द भने गायक रविन लामिछानेले लेखेका हुन् । अर्जुनकै संगीत रहेको गीतमा कृष्ण बि.के. ‘भान्जा’को संगीत संयोजन छ । 

अर्जुनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा राम केसीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ । 

बिहान सार्वजनिक गीतलाई स्रोता दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्