०७ असार २०८३, आइतबार

डिजिटल रुपान्तरणको ७ वर्ष मनाउँदै खल्ती

माघ १२, २०८०
काठमाडौं
डिजिटल रुपान्तरणको ७ वर्ष मनाउँदै खल्ती

नेपालको अग्रणी डिजिटल वालेट खल्तीले सातौं वार्षिकोत्सव मनाइरहेको छ ।

२०१७ मा मोबाइल टपअप र बिल भुक्तानीजस्ता सुविधाबाट डिजिटल रुपान्तरण शुरूवात गरेको खल्तीले अहिले इभेन्ट टिकटिङदेखि सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गरिरहेको छ ।

सबै नेपालीका लागि वित्तीय समावेशीकरणको उद्देश्य लिएर अगाडि बढेको खल्तीले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ दिने प्रयोगकर्ता, साझेदार, नियामक निकाय, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ ।

छोटो समयमा नेपालको डिजिटल कारोबारको करिब एक चौथाई ओगट्न सफल खल्तीले दैनिक करिब ३ लाख वटाभन्दा बढी कारोबारद्वारा लाखौं प्रयोगकर्ताहरूको जनजीवन सहज बनेको खल्तीको दाबी छ ।

१ लाखभन्दा बढी साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रत्यक्षरुपमा खल्तीको डिजिटल भुक्तानी सेवाबाट लाभान्वित भइरहेका छन् । 

आफ्नो स्थापनाको छोटो अवधिमा नै खल्तीले करिब ४० लाखभन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट, ५०+ बैंक तथा वित्तीय संस्था र १५००+ सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको छ ।

खल्तीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि आईएसओ २७००१ः२०१३ प्रमाणीकरण गरेको छ भने हालै मात्र देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि  सम्मानित भएको छ ।

खल्ती आफ्नो सातौं वर्षमा प्रवेश गर्दै एक डिजिटल वालेट मात्र नभई ‘योङ्ग एण्ड ट्रेन्डी फाइनान्सिएल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दै अघि बढिरहेको छ ।

यसका लागि खल्तीले भुक्तानी बाहेकका विभिन्न नवीन सेवा जस्तै खल्ती क्विज, खल्ती बिलबुक नवीकरण, खल्ती सुरक्षा, इभेन्ट टिकटिङ, भोटिङ, मुभी टिकटिङ, ‘खल्ती प्रो’, ‘खल्ती क्लब’ जस्तै सेवाहरू उपलब्ध गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि आफ्नो लगानी नवीन सेवा र सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

कमेन्ट गर्नुहोस्