०५ साउन २०८३, मंगलबार

अग्नि मोटोइंकको 'डिलर मिट २०२४' सम्पन्न, उत्कृष्ट डिलरहरू सम्मानित

माघ १४, २०८०
काठमाडौं
अग्नि मोटोइंकको 'डिलर मिट २०२४' सम्पन्न, उत्कृष्ट डिलरहरू सम्मानित

अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले उत्कृष्ट डिलरहरूलाई पुरस्कृत गरेको छ ।

‘भविष्यलाई सँगै नेतृत्व गरौं’ भन्ने नाराका साथ सोल्टी वेस्टएन्ड रिसोर्ट, नगरकोटमा सम्पन्न डिलर मिट २०२४ मा उत्कृष्ट डिलरहरूलाई पुरस्कृत गरिएको हो ।

उक्त समारोहमा नेपालभरिबाट पावरोल जेनसेटका डिलरहरूको सहभागिता थियो ।

कार्यक्रममा ‘नेपाली उर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निभाउन सकिन्छ’ भन्ने विषयमा छलफल भएको थियो ।

बजारमा महिन्द्रा पावरोलका ५ केभिएदेखि ६२५ कभिएसम्मका २८ थरीका मोडलहरू उपलब्ध छन् ।

बलियो महिन्द्रा इन्जिनबाट बनेका यी पावरोल जेनेरेटरहरूमा उर्जा उत्पादनको लागि विश्व प्रसिद्ध युरोपियन प्रविधि लेरोय सोमर प्रयोग गरिएको छ ।

साथै, उत्कृष्ट इन्धन क्षमता, कम उत्सर्जन तथा विश्वसनीय पावर आउटपुटको लागि महिन्द्रा पावरोलले आफ्ना जेनेरेटरहरूमा विश्व विख्यात ब्राण्ड डिपिसि (डिजिटल पावर कन्ट्रोल) प्रयोग गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा पावरोलका इन्टरनेशनल बिजनेस हेड समिर सचदेवा, इन्टरनेशनल बिजनेस हेड राजीव शर्मा तथा महिन्द्रा पावरोल र अग्नि ग्रुपका विशेष अतिथिहरूको सहभागिता रहेको थियो ।

उनीहरूले कार्यक्रममा बलियो सहकार्यले अग्नि मोटोइंक तथा डिलरहरूले लगातार सफलता प्राप्त गर्दै अघि बढिरहेको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्