
काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।
सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान गरिएको छ ।
सूचनामा काठमाडौं तराई/मधेश द्रुतमार्ग सडक आयोजना कार्यालय जंगी अड्डा वा सडक निर्माण कार्यदल वेशक्याम्प निजगढमा दरखास्त पेश गर्न भनिएको छ ।
साधारण लेखपढ गर्न सक्ने तथा वोट बिरुवा रोपाई तथा हेरविचार सम्बन्धि ज्ञान भएका र ५० वर्ष उमेर ननाघेकाले आवेदन दिन पाउनेछन् ।
यस्तो छ सूचना