२९ जेठ २०८३, शुक्रबार
बाँसबारी छाला जुत्ताको जग्गा हिनामिना प्रकरण

बाँसबारी जग्गा हिनामिना प्रकरणः अरुण चौधरी र थापासँगै पक्राउ परे सञ्जय ठाकुर

माघ १८, २०८०
काठमाडौं
बाँसबारी जग्गा हिनामिना प्रकरणः अरुण चौधरी र थापासँगै पक्राउ परे सञ्जय ठाकुर

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीआईबीले अरुण चौधरी, अजितनारायण सिंह थापापछि थप एकजनालाई पक्राउ गरेको छ । 

चौधरी अध्यक्ष रहेको सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका सञ्जय ठाकुरलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबी स्रोतले लोकान्तरलाई जानकारी दियो । 

'बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडप्ने क्रियामा ठाकुर समेतको प्रत्यक्ष संलग्नता रहेको देखिएकाले उनलाई पनि पक्राउ गरिएको हो,' सीआईबी स्रोतले लोकान्तरसँग भन्यो ।
 
उद्योगी चौधरीलाई बिहीबार अपराह्न लाजिम्पाटस्थित आफ्नै घरबाट सीआईबीले पक्राउ गरेको थियो भने थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको थियो । 

तीनै जनामाथि अनुसन्धान गर्न भनेर सीआईबीमा वडा नम्बर ३ का ४८ जनाले उजुरी दिएको स्रोतको भनाइ छ । 

पक्राउ परेका तीनै जनालाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्