१२ साउन २०८३, मंगलबार

लक्ष्मण सुवेदीले चलचित्र ‘पार्वती’ बनाउने

माघ २०, २०८०
काठमाडौं
लक्ष्मण सुवेदीले चलचित्र ‘पार्वती’ बनाउने

सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले आफ्नो लेखन, निर्माण तथा निर्देशनमा चलचित्र ‘पार्वती’ बनाउने भएका छन् । 

जन्म दिनको अवसर पारेर शनिवार उनले चलचित्रको घोषणा गरेका हुन् । ​

सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएर प्रदर्शनको तयारीमा छ । यो चलचित्रमा बाबु छोरीको सम्बन्धको कथा उठाएका सुवेदीले ‘पार्वती’मा सामाजिक प्रेमकथालाई उठान गर्ने बताए । 

चलचित्रको टाइटल डिजाइनमा दुई युवतीको छायाँलाई देखाइएको छ । यो कथासँग मेल खाने र अर्थपूर्ण रहेको सुवेदीले बताए । 

चलचित्रको छायाँकन जेठ महिनामा गर्ने तयारी छ । दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहने चलचित्रको प्रदर्शन २०८१ सालको महाशिवरात्रीमा गर्ने तय गरिएको छ । 

चलचित्रको वितरण श्रीराम बालाजी फिल्मका सुनील मानन्धरले लिएका छन् । नेपाली र अंग्रेजी भाषामा बन्ने चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरूको बारेमा भने खुलाइएको छैन । ‘गाउँले केटी मो...’ स्लोगन दिइएको चलचित्र ‘पार्वती’ नारी प्रधान हुनेछ । 

चलचित्रमा गीत र निर्माण समेत सुवेदीकै रहनेछ । चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टरबाट तारिफ पाएका सुवेदीले उक्त चलचित्रको प्रदर्शन मिति छिट्टै सार्वजनिक गर्ने योजना रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्