×

NMB BANK
NIC ASIA

लक्ष्मण सुवेदीले चलचित्र ‘पार्वती’ बनाउने

काठमाडाैं | माघ २०, २०८०

NTC
Premier Steels

सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले आफ्नो लेखन, निर्माण तथा निर्देशनमा चलचित्र ‘पार्वती’ बनाउने भएका छन् । 

Muktinath Bank

जन्म दिनको अवसर पारेर शनिवार उनले चलचित्रको घोषणा गरेका हुन् । ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएर प्रदर्शनको तयारीमा छ । यो चलचित्रमा बाबु छोरीको सम्बन्धको कथा उठाएका सुवेदीले ‘पार्वती’मा सामाजिक प्रेमकथालाई उठान गर्ने बताए । 


Advertisment
Nabil box
Kumari

चलचित्रको टाइटल डिजाइनमा दुई युवतीको छायाँलाई देखाइएको छ । यो कथासँग मेल खाने र अर्थपूर्ण रहेको सुवेदीले बताए । 

Vianet communication

चलचित्रको छायाँकन जेठ महिनामा गर्ने तयारी छ । दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहने चलचित्रको प्रदर्शन २०८१ सालको महाशिवरात्रीमा गर्ने तय गरिएको छ । 

चलचित्रको वितरण श्रीराम बालाजी फिल्मका सुनील मानन्धरले लिएका छन् । नेपाली र अंग्रेजी भाषामा बन्ने चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरूको बारेमा भने खुलाइएको छैन । ‘गाउँले केटी मो...’ स्लोगन दिइएको चलचित्र ‘पार्वती’ नारी प्रधान हुनेछ । 

चलचित्रमा गीत र निर्माण समेत सुवेदीकै रहनेछ । चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टरबाट तारिफ पाएका सुवेदीले उक्त चलचित्रको प्रदर्शन मिति छिट्टै सार्वजनिक गर्ने योजना रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x