२८ जेठ २०८३, बिहीबार

सुप्रिमले पाए ‘सरुभक्त राष्ट्रिय बाल प्रतिभा पुरस्कार’

माघ २८, २०८०
काठमाडौं
सुप्रिमले पाए ‘सरुभक्त राष्ट्रिय बाल प्रतिभा पुरस्कार’

सानो उमेरमै गायन क्षेत्रबाट लोभलाग्दो ख्याति कमाएका बाल गायक सुप्रिम मल्ल ठकुरीले ‘सरुभक्त राष्ट्रिय बाल प्रतिभा पुरस्कार २०८०’ प्राप्त गरेका छन् । 

वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठद्वारा स्थापित पुरस्कार शनिबार पोखरामा आयोजित कार्यक्रममा सुप्रिमलाई अर्पण गरिएको हो । 

यो पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ । शिक्षाविद् जर्ज जोन र सरुभक्त श्रेष्ठले सुप्रिमलाई पुरस्कार एवं सम्मान प्रदान गरेका हुन् । 

११ वर्षको उमेरमै सुप्रिमले साङ्गीतिक क्षेत्रमा ख्याति कमाएका छन् । उनले गाएका दर्जनौं गीत स्रोता दर्शकले निकै रुचाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्