०८ असार २०८३, सोमबार

बीवाइडीद्वारा प्रायोजित ‘चाइनिज न्यु इयर कप’ फुटबल सम्पन्न​​

फागुन १, २०८०
काठमाडौं
बीवाइडीद्वारा प्रायोजित ‘चाइनिज न्यु इयर कप’ फुटबल सम्पन्न​​

बीवाईडीले प्रायोजन गरेको नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर कप’ सम्पन्न भएको छ ।​

शनिवार दशरथ रङ्गशालमा भएको सो मैत्रीपूर्ण खेलमा नेपाली अन्डर–२३ टिमले चीनको किन्घाई युथ फुटबल टिमलाई ५–१ गोल अन्तरले पराजित गरेको थियो ।

चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा संयुक्तरुपमा आयोजना गरिएको खेललाई बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले प्रायोजन गरेको थियो ।

null

चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना भएको उक्त मैत्रीपूर्ण फुटबल म्याचसँगै नेपालको प्रख्यात म्युजिक ब्याण्ड कुटुम्बले विभिन्न गीत प्रस्तुत गरेको थियो ।

साथै ड्रयागन, लायन र किरिन डान्सले दर्शकलाई अत्यधिक मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा चीनका राजदूत चेन सङ र नेपालको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको सहभागिता थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्