३० असार २०८३, मंगलबार

एलिना र खेमले गाएको ‘कट्टा हान्दिन्छु’ गीतविरुद्ध उजुरी, दुवै पक्षलाई छलफलमा बोलाइयो

फागुन १, २०८०
काठमाडौं
एलिना र खेमले गाएको ‘कट्टा हान्दिन्छु’ गीतविरुद्ध उजुरी, दुवै पक्षलाई छलफलमा बोलाइयो

एलिना चौहान र खेम सेञ्चुरीको स्वर रहेको गीत ‘कट्टा हान्दिन्छु’ विरुद्ध उजुरी परेको छ । 

आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा निवदेन दिएका हुन् । कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझी युट्युब च्यानलबाट भिडियोसहित सार्वजनिक गरेको बताएका छन् । 

गायक कार्कीले आफ्नो गीत कपी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरेका छन् ।

उनले आफ्नो गीत पहिले तयार भएर पछि सार्वजनिक भएको हुँदा आफूमाथि नै चोरीको आरोप लागेको समेत गुनासो गरेका छन् ।

रिलिजको समयलाई हेर्ने हो भने एलिना र खेमले गाएको गीत अगाडि आएको देखिन्छ । तर, गायक विश्वराम कार्कीले एलिना र खेमको गीत भन्दा आफूले पहिले नै आफूले गीत तयार पारेर अडियो प्लेटफर्ममा सार्वजनिक गरेको बताउँछन् । 

निवेदनको विषयमा छलफल गर्न प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले मंगलवार दुवै पक्षलाई बोलाएको छ । अहिले दुई पक्षको छलफल चलिरहेको गायक कार्कीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्