०९ साउन २०८३, शनिबार

सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका नयाँ पदाधिकारीले सार्वजनिक गरे १ वर्षे उपलब्धि

फागुन ४, २०८०
काठमाडौं
सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका नयाँ पदाधिकारीले सार्वजनिक गरे १ वर्षे उपलब्धि

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानमा नियुक्त भएका नयाँ पदाधिकारीका १ वर्षका उपलब्धिहरू सार्वजनिक गरिएको छ । 

शुक्रवार प्रतिष्ठानको सभाहलमा भएको गतिविधिहरूको समीक्षात्मक कार्यक्रममा पदाधिकारीहरूले नियुक्त भएको १ वर्षमा गरिएका उपलब्धि सार्वजनिक गरेका हुन् ।

एक वर्षअघि २०७९ साल फाल्गुन ४ गते प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्यसचिवलगायत सदस्यहरूको नियुक्ति भएको थियो ।  

सदस्यसचिव कुश्मा महरा ’प्रगति’ले एक वर्षमा भएका कामका बारेमा कार्यक्रममा जानकारी गराएकी थिइन् ।  साथै, १ वर्षमा भएका कामहरूलाई भिडियो प्रिजेन्टेसनमार्फत पनि देखाइएको थियो ।  सीमित बजेटका कारण सोचेजति कामहरू गर्न नसके पनि उपलब्ध बजेटबाट अधिकतम काम गर्न सफल गरेको सदस्यसचिव महराको दाबी थियो ।

साथै, उपकुलपति शम्भु राईले सीमित आर्थिक स्रोत–साधनले गर्दा काम गर्न कठिनाइ रहेको बताए ।  साथै, परम्परागत तरिकालाई परिवर्तन गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका थिए  ।  

कुलपति निशा शर्माले १ वर्षमा गर्न खोजिएका कार्यक्रमका साथै आगामी वर्ष गर्ने खोजेका कार्यक्रमको बारेमा जानकारी गराइएकी थिइन् । बजेट अभावको कारण प्रतिष्ठान खुम्चिनुपरेको उनको भनाइ थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्