२६ असार २०८३, शुक्रबार

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको एक वर्षे उपलब्धि सार्वजनिक

फागुन ४, २०८०
काठमाडौं
सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको एक वर्षे उपलब्धि सार्वजनिक

 नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको एक वर्षे कार्यप्रगति आज सार्वजनिक गरिएको छ । 
त्यस अवसरमा प्रतिष्ठानकी कुलपति निशा शर्माले बजेट अभावमा सोचेजस्तो काम गर्न नसकिएको बताइन् । उनले देशमा महत्वपूर्ण कार्यक्रम गर्ने भनेर कार्ययोजना निर्माण गरी पेश गरिए पनि बजेट कटौती हुँदा धेरे कार्यक्रम गर्न नसकिएको बताइन् । 

एक वर्षे उपलब्धिहरु सार्वजनिकीकरणका क्रममा प्रतिष्ठानले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कर्मचारी (प्रशासन) नियमावली २०८० निर्माण कार्य अघि बढाइएको, प्रतिष्ठानको कार्य सञ्चालन निर्देशिका अन्तिम चरणमा पुगेको, कलाकार परिचयपत्र वितरण कार्यविधि २०७४ संशोधनको अन्तिम चरणमा पुर्याईएको जानकारी गराएको छ । 

प्रतिष्ठानको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने कार्य अघि बढाइएको र हल निर्माणको पहल जारी रहेको जनाइएको छ । निर्देशन तथा अभिनयसम्बन्धी, लाइट तथा साउण्डसम्बन्धी प्रशिक्षण तथा कार्यशाला एवं साँस्कृतिक नाटक “गुनकेशरी” निर्माण गरी मञ्चन गरिएको छ । नेपाली लोक नाचको विगत र वर्तमान विषयक गोष्ठी, पँवरिया नृत्य सङ्गोष्ठी, मुकुण्डो नृत्य प्रतियोगिता, सारङ्गी र मादल प्रशिक्षण, मौलिक पञ्चेबाजा र खैँजडी प्रशिक्षण एवं गीत लेखकसम्बन्धी गोष्ठी  आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्